Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

एसइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान एवम् करियर काउन्सिलिङ

एसइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान एवम् करियर काउन्सिलिङ

  • गोपाल जिटी
  • बिहिवार, श्रावण ४ २०८०


  • एसइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान एवम् करियर काउन्सिलिङ

    साउन ४, वालिङ ।
    स्याङ्जाको वालिङ्मा एसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान एवम् करियर काउन्सिलिङ कार्यक्रम गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र  विद्यार्थी युनियन वालिङ नगर कमिटिले २०७९ का एसइइ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान एवम् करियर काउन्सिलिङ कार्यक्रम गरेको हो ।
    कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले गण्डकी प्रदेशका उपाध्यक्ष मोहन रेग्मीले प्रतिस्पर्धामा पहिलो बन्ने प्रयास गर्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेशका विधायन समितिका पूर्व सभापतिसमेत रहनुभएका रेग्मीले २१ औं शताव्दी टेक्नोलोजीको शताव्दी भएकाले विद्यार्थीहरुले समयको मागलाई बुझेर प्रतिस्पर्धामा अव्वल बन्नेगरी अध्ययनलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । आ आफ्नो क्षमताका आधारमा विषय छनौट गरेर उच्च शिक्षा हासिल गर्न आग्रह गर्दै नेता रेग्मीले हामीले गन्तव्य प्राप्तीका लागि निरन्तर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

    eee.jpg

    images

    विद्यार्थी हकहीतका सन्दर्भमा अनेरास्ववियुले उल्लेखनीय योगदान गरेको उहाँले व्यक्त गर्नुभयो । विद्यार्थीको हकहीतका पक्षमा नेकपा एमाले सधैं उभिने उहाँको भनाई छ । नेकपा एमालेले अगाडि सारेका कुराहरुलाई अवलम्वन गर्न आग्रह गर्दै नेता रेग्मीले सकारात्मक हुन आवस्यक रहेको औंल्याउनुभयो ।
    कार्यक्रममा एसइइमा उत्तीर्ण वालिङ क्षेत्रका विद्यार्थीहरुलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । 

    बिहिवार, श्रावण ४ २०८००५:५६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend