Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

गत आर्थिक वर्ष स्याङ्जाबाट १४ हजार ७ सय ८१ राहदानी वितरण, सदरमुकाममा भन्दा वालिङबाट धेरै

गत आर्थिक वर्ष स्याङ्जाबाट १४ हजार ७ सय ८१ राहदानी वितरण, सदरमुकाममा भन्दा वालिङबाट धेरै

  • गोपाल जिटी
  • शुक्रवार, श्रावण ५ २०८०


  • गत आर्थिक वर्ष स्याङ्जाबाट १४ हजार ७ सय ८१ राहदानी वितरण,  सदरमुकाममा भन्दा वालिङबाट धेरै

    साउन ५, वालिङ ।
    जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट गत आर्थिक वर्ष १४ हजार ७ सय ८१ वटा राहदानी वितरण गरिएको छ । आर्थिक वर्ष २०७९/०८० मा कूल १५ हजार ६ सय ८७ वटा सिफारिस गरिएकोमा १४ हजार ७ सय ८१ वटा राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । यसमध्ये द्रुत सिफारिसमा २ सय ४३ भएका हुन् । 
    कूल सिफारिस मध्ये इलाका प्रशासन कार्यालय वालिङबाट मात्र ९ हजार ६ सय ९७ रहेका छन् । जिल्ला प्रशासन कार्यालयमा ५ हजार ९ सय ९० को सिफारिस हुँदा इलाका प्रशासन कार्यालय वालिङबाट ३ हजार ७ सय ७ बढि सिफारिस भएका हुन् ।
    यसैगरी ८ हजार ८ सय ६२ जनाले नयाँ नागरिकताको प्रमाणपत्र लिएका छन् । यसका साथै ८ हजार ९ सय ७९ वटा प्रतिलिपी तथा शंसोधित नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । १० जनाले भने वैवाहिक अंगिकृत नागरिकता लिएका छन् । नागरिकता प्रमाणपत्र पनि इलाका प्रशासन कार्यालय वालिङबाट नै धेरै वितरण भएका छन् । कूल १७ हजार ८ सय ५१  नागरिकता वितरण गरिएकामा १० हजार १ सय ५३ वटा वालिङबाट भएका हुन् ।
    यस्तै जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्रको लागि करिव ४ हजार जनाको फोटो खिचिएको छ भने इलाका प्रशासन कार्यालय वालिङबाट १२ हजार ५ सय १० जनाले फोटो खिचाएका छन् । यसरी जिल्ला भरिबाट गत आर्थिक वर्ष राष्ट्रिय परिचयपत्रका लागि साडे १६ हजारभन्दा धेरैको फोटो खिचिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    शुक्रवार, श्रावण ५ २०८००५:५५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend