Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

विदेशमा रहेका नेपालीहरुबाट बालगृहलाई सहयोग

विदेशमा रहेका नेपालीहरुबाट बालगृहलाई सहयोग

  • PNN Times
  • सोमवार, श्रावण ८ २०८०


  • विदेशमा रहेका नेपालीहरुबाट बालगृहलाई सहयोग

    जाेगराज पाठक

    ८ साउन,  वालिङ

    स्याङ्जाको फेदिखोलामा सञ्चालित अमोरसेवा नेपाल (बालगृह) लाई विदेशमा रहेका नेपालीहरुबाट सहयोग प्राप्त भएको छ । फेदिखोला गाउँपालिका वडा नम्वर १ कटुजेस्वाँरास्थित बालगृहलाई जापान र कतारमा रहेका महानुभावहरुबाट १ लाख ७५ हजार नगद सहयोग प्राप्त भएको हो । उनिहरुले बालगृहमै पुगेर एक कार्यक्रमकाबीच सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
    घरदेशमा या परदेशमा, जहाँ रहेपनि नेपाली सहयोगी मनहरुलाई सम्मान गर्नुपर्छ । श्रम गरेर कमाएको र आफ्नो गास काटेर गाउँठाउँका संघ संस्था तथा गाह«ोसाह«ो परेकालाई सहयोग गर्नु प्रशंसनीय कार्य हो ।

    images

    359608582_804430517979104_5953575045708083561_n.jpg
    यसैबीच स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकार सुक बहादुर केसीले नगद रू १ लाख बालगृहलाई प्रदान गर्नुभएको छ । जापानमा सफल ब्यवसायीको पहिचान बनाउनु भएका केसीले बालगृहकी अध्यक्ष कमला पराजुलीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण गर्दै केसीले यी अनाथ बालबालिकालाई आमाको न्यानो मायाकासाथ लालनपालनसहित शिक्षादिक्षाको जिम्मेवारी लिएको बालगृहले गरेको महान कार्यबाट आँफूलाई गर्व लागेको बताउनुभयो । मानव सेवा ठूलो धर्म हो, यस्तो पूण्य कार्यका लागि आज यो एउटा सानो सहयोग गरेको छु, भोलिका दिनमा पनि आफ्नो साथ र सहयोग रहने विश्वास केसीले व्यक्त गर्नुभयो ।

    359001519_1685301001988410_2577079638557854298_n.jpg
    यसैगरी नेपाली महिला समाज कतारका तर्फबाट अमोर सेवा नेपाल (बाल गृह) लाई नगद रू ७५ हजार प्राप्त भएको छ । महिला समाजकी सचिव सरिता भण्डारीको नेतृत्वमा आएको टोलीले सहयोग रकम बालगृहकी अध्यक्ष पराजुलीलाई हस्तान्तरण गरेको हो । यो बालगृहमा नर्सरीदेखि स्नातकतहमा अध्ययन गर्ने बालबालिका छन्  ।
    अध्यक्ष पराजुलीका अनुसार बालगृह सञ्चालनमा कुनै एनजियो, आइएनजियोको सहयोग लिइएको छैन । एनजियो, आइएनजियोले सर्तमा सहयोग गर्ने बुझेपछि उचित नठानेको अध्यक्ष पराजुलीको भनाई छ । यसैगरी विभिन्न व्यक्ति, संघ संस्थाहरुको सहयोगमा अमोरसेवा चलिरहेको उहाँले जानकारी गराउनुभयो । मानव सेवा ठूलो धर्म हो । सडक बालबालिकाहरुले पनि बाँच्न पाउनुपर्छ र विभिन्न अवसरहरु प्राप्त गर्नुपर्छ भन्ने अभिप्रायले बालगृह सञ्चालनको सोंच बनाएको अध्यक्ष पराजुलीले बताउनुभयो ।

    सोमवार, श्रावण ८ २०८००३:२३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend