Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

ऐतिहासिक र पर्यटकीय गन्तव्य कोल्माकोट

ऐतिहासिक र पर्यटकीय गन्तव्य कोल्माकोट

  • गोपाल जिटी
  • आइतवार, भाद्र ३ २०८०


  • ऐतिहासिक र पर्यटकीय गन्तव्य कोल्माकोट

    भाद्र ३,वालिङ 

    स्याङ्जा जिल्लामा धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका धेरै स्थानहरु छन् । विशेषगरी पुरातात्विक महत्वका मठ मन्दिर तथा रमणीय वातावरणसहितका स्थलहरु पर्यटकीय गन्तव्यमा पर्दछन् । सामाजिक तथा आर्थिक विकासमा पर्यटन प्रवद्र्धनले महत्वपूर्ण भूमिका खेल्दछ । यस्तै एक स्थान हो कोल्माकोट ।
    जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यमध्येको कोल्माकोट समुद्री सतहदेखि १ हजार ७ सय मिटर उचाइमा रहेको छ । यो मन्दिर पुतलीबजार नगरपालिका वडा नम्वर ९ मा पर्दछ । सिद्धार्थ राजमार्ग अन्तर्गत पुतलीबजारदेखि पूर्व १० किलोमिटरको दुरीमा कोल्माकोट रहेको छ । ग्रामिण क्षेत्रको पहाडी भूभाग भएपनि यातायातको सुविधा पुगिसकेको छ । आधाभन्दा धेरै सडक कालोपत्रे भैसकेको छ भने बाँकी भाग पनि ग्राभेल गरिएकाले यातायातका हिसावले पनि सहज छ । कोल्माकोट मन्दिरको ऐतिहासिक महत्वका साथै पर्यटकहरुका लागि आकर्षक केन्द्र हो ।

    777.jpg
    यो मन्दिर २ सय वर्ष पुरानो ऐतिहासिक र पुरातात्विक महत्व रहेको ९ नम्वर वडा अध्यक्ष लीलप्रसाद गुरुङ बताउनुहुन्छ । अध्यक्ष गुरुङका अनुसार कोल्माकोटमा आन्तरिक तथा बाह्य पर्यटकहरु निकै आउने गर्दछन् । कास्कीको पोखराबाट भन्दा यहाँबाट माछापुच्छ्रे्रलगायतका हिमाली दृष्य राम्रोसँग देख्न सकिन्छ । कोल्माकोटमा पुगेपछि विहानको सूयोदयसँगै सेल्फी फोटो नखिची मनै मान्दैन । योसँगै होमस्टे पनि सञ्चालनमा आएको छ । स्थानीय परिकारको खाना खाजासहित ग्रामिण परिवेशको आवासीय व्यवस्थाले धेरै पर्यटकहरु यहाँ आउने गर्दछन् । यसरी गाउँवासीहरुलाई बसाइ सराइ रोक्नका लागि पर्यटन प्रवद्र्धनले भूमिको खेलेको वडा अध्यक्ष गुरुङ बताउनुहुन्छ ।एक पटक जानेहरुलाई पटक पटक जाऔं जाऔं लाग्ने मनोरम दृष्य कोल्माकोटको विशेषता नै रहेको छ ।
    यहाँबाट पाल्पा, नवलपरासी, चितवन, तनहुँ, लम्जुङ, पर्वत, बाग्लुङलगायत जिल्लाका पहाडी भु—भागहरु अवलोकन गर्न सकिन्छ । यहाँ तल्लो बराह, माथिल्लो बराह, चण्डी, देउराली, ल्हमु, भैरव तथा मण्डलीको पूजा आजा हुने गर्दछ ।

    images

    3ययय.jpg
    कोल्माकोटमा विशेषगरी ठूलो दशैं र चैते दशैंमा पूजा आजा हुने गर्दछ । अग्लो डाँडा सफा र सुन्दर स्थानमा रहेको कोल्माकोटमा पुरानै शैलिको मन्दिर छ । यहाँ देवी देवताका पुराना मूर्ती र खोँडा, भाला लगायतका हतियारहरु सुरक्षित छन् ।मन्दिर र मन्दिर परिसरलाई थप व्यवस्थापनको आवस्यकतालाई मध्यनजर गर्दै पुनर्निर्माणको तयारीमा रहेको वडा अध्यक्ष गुरुङ बताउनुहुन्छ । यसका लागि अहिले प्रदेश सरकार र पुतलीबजार नगरपालिकाबाट बजेट विनियोजन भएको र थप व्यवस्थापनसहित निर्माणको चरणमा रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
    कोल्मा, पोखरीछाप, केवरेपानी, सनई, बराहखोला, कल्याङ्दी, नाम्चे, काल्खु, ओरस्टेलगायतका गाउँको आस्थाको केन्द हो कोल्माकोट । योसँगै कोल्माकोटको महत्व र धार्मिक विश्वास बढ्दैजाँदा टाढा टाढादेखि भाकलसहित पूजा गर्न आउने गर्दछन् । वषौं अघि ७ सय घरधुरीले पूजा गर्ने यो मन्दिरलाई सातसय कोल्माकोट पनि भनिने स्थानीय अगुवा भीमबहादुर गुरुङ बताउनुहुन्छ । गुरुङ भन्नुहुन्छ, “कोल्माकोट देबीको भाकल गरी पूजा आजा गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ । त्यसैले दशैकाबेला टाढा टाढादेखि पूजा गर्न आउने गर्दछन् ।” यसकासाथै चलचित्र सुटिङका लागि पनि कोल्माकोट रोजाईमा पर्ने गरेको गुरुङ बताउनुहुन्छ ।

    आइतवार, भाद्र ३ २०८०१२:३५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend