Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

रामपुरमा व्यवसायी र जनप्रतिनिधि बीच अन्तरक्रिया

रामपुरमा व्यवसायी र जनप्रतिनिधि बीच अन्तरक्रिया

  • PNN Times
  • शनिवार, भाद्र १६ २०८०


  • रामपुरमा व्यवसायी र जनप्रतिनिधि बीच अन्तरक्रिया


    पाल्पाको रामपुर उद्योगी तथा व्यवसायी र जनप्रतिनिधि बीच अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा अधिकांश व्यवसायीहरुले राज्यको दोहोरो कर नीतिले समस्यामा परेको धारणा राखेका छन् । राज्यलाई कर कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय तथा नगरपालिका सबैतिर राजस्व तिर्नुपर्ने नीतिले आफुहरु मारमा परेको व्यवसायीहरुले बताएका हुन् । 
    रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको सहयोगमा अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकांशले ब्यावसायिक समस्याका बारेका गुनासो राखेका छन् । बजार क्षेत्रको भाडादर उच्च हुँदा समस्या भएको , पोके व्यापारीका कारण सटर भाडामा लिएर व्यापार गर्दै आएका व्यवसायी थप मर्कामा परेको उनीहरुको गुनासो छ । यस्तै सवारी व्यवस्थापन, व्यवसायको प्रकृति अनुसारको कारोबार नहुनु, पेटीमा सामान राख्न पाउनुपर्ने, जिल्ला दररेट, फोहोर व्यवस्थापन, सार्वजनिक शौचालयको व्यवस्था हुनुपर्ने माग सहभागीहरुको छ । खानेपानी महसुल, रामपुर अस्पतालको व्यवस्थापन, सडकको अवस्था सुधार गर्नुपर्ने, अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने, राजस्व संकलनलगायतका विषयमा आफ्ना जिज्ञासा सहभागीहरुले राखेका थिए । 
    सहभागीको प्रश्नको जवाफदिदै लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले रामपुर नगर क्षेत्रको बजारलाई व्यवस्थित गर्न प्रदेश सरकारले पनि प्रयास गर्दै आएको बताउनुभयो । करको दर बढाउने नभै दायरा बढाउनु आवश्यक रहेको प्रदेशसभा सदस्य श्रेष्ठले उल्लेख गर्नुभयो । राजस्व संकलन पूर्व व्यवसायीहरु संँग समन्वय गरेर अघि बढ्न नगरपालिकालाई उहाँको आग्रह छ । 
    यस्तै नगर प्रमुख रमणबहादुर थापाले बजारलाई व्यवस्थित बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको धारणा राख्नुभयो । उहाँले सकारात्मक सुझाव र सहयोग गर्न नगरबासीलाई नगर प्रमुख थापाको आग्रह छ । उहाँले नगरको मुख्य बजार बेझाँड क्षेत्रको स्तरोन्नतिको लागि प्रक्रिया अघि बढेको जानकारी दिदै सीसीटिभी, लाईटको व्यवस्थापन संगै फोहोरको दीर्घकालिन समस्या समाधानको प्रयत्न भैरहेको जनाउनुभयो । 
    रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले स्थानीय तहको विकासका लागि स्रोत जुटाउन व्यवसायीलाई मर्का नपर्ने गरी करको दायरामा ल्याउन पहल गरेको जानकारी गराउनुभयो । नगरपालिकाले न्यून दरमा मात्र कर संकलन गरेको उहाँको भनाई छ । 

    शनिवार, भाद्र १६ २०८००५:०५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend