Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

हुँगीमा विश्रामगृहको शिलान्यास गरिने

हुँगीमा विश्रामगृहको शिलान्यास गरिने

  • गोपाल जिटी
  • मंगलवार, भाद्र १९ २०८०


  • हुँगीमा विश्रामगृहको शिलान्यास गरिने

    भाद्र १९,वालिङ ।
    स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्वर ९ हुँगिमा विश्रामगृहको शिलान्यास गरिने भएको छ । शुभयात्रा संस्थाले बुधबार कृष्ण जन्माष्टमीका दिन नौ द्वार अर्थात ९ कोठे विश्रामगृहको निर्माण गर्ने भएको हो । संस्थाले आफ्नो २५ वर्ष पुगेको अवसर पारेर कालिगण्डकी तिरमा धार्मिक तथा ऐतिहासिक महत्व रहेको हुँगिमा विश्रामगृह निर्माणका लागि भूमि पूजासहित शिलान्यास गर्ने संस्थाका अध्यक्ष मधुसुदन गैह«ेले जानकारी दिनुभयो । कृष्ण जन्माष्टमीका दिन बिहान सवा ८ बजेदेखि भजन किर्तनसहित सन्ध्याकालिन आरतीपछि भूमि पूजा गरिने संस्थाका अध्यक्ष गैह«ेले उल्लेख गर्नुभयो ।
    यसका लागि पाँचभाई गैह«ेको भूमिलाई कोषकारुपमा रहनेगरी र अरु जग्गाको व्यवस्थापन गरिने उहाँको भनाई छ ।कालीगण्डकीको तीरमा बिभिन्न १९ वटा स्थानमा काम गर्ने योजना रहेको संस्थाको यो पहिलो कार्यक्रम हो । ऐतिहासिक एवम् धार्मिक महत्व रहेको यो स्थानबाट संस्थाले कामको थालनी गर्नेसमेत अध्यक्ष गैह«ेले उल्लेख गर्नुभयो । पवित्र कालिगण्डकीको सभ्यतालाई विश्वाव्यापीरुपमा प्रचार गर्ने उद्देश्यले विश्रामस्थल निर्माणमा लागिएको हो । 

    w.jpg

    images

    मंगलवार, भाद्र १९ २०८००४:१८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend