Logo

आइतवार, कार्तिक २ गते २०८३

images

वालिङमा विज्ञहरु सहितको उपस्थितिमा वृहत अन्तरक्रिया सम्पन्न

वालिङमा विज्ञहरु सहितको उपस्थितिमा वृहत अन्तरक्रिया सम्पन्न

  • गोपाल जिटी
  • आइतवार, भाद्र २४ २०८०


  • वालिङमा विज्ञहरु सहितको उपस्थितिमा वृहत अन्तरक्रिया सम्पन्न

    स्याङ्जाको वालिङमा विज्ञहरुसहितको उपस्थितिमा पहिलो पटक वृहत अन्तरक्रिया गरिएको छ । वालिङ नगरपालिकाले बिभिन्न विषयगत विज्ञ, बौद्धिक व्यक्तित्व, बिभिन्न कार्यालयहरुमा कार्यरत उच्च तहका कर्मचारी तथा स्थानीय अनुभवीहरुको सहभागितामा वालिङ नगरपालिकाको वर्तमान अवस्था र भावि गन्तव्य विषयक अन्तरक्रिया कार्यक्रम शनिबार गरेको हो ।
    कार्यक्रममा सम्वोधन गर्दै नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विकासका काममा कहिल्यै पनि राजनीति गर्न नहुने बताउनुभयो । मन्त्री गुरुङले विकासका काममा पनि राजनीति भएकै कारण पछि परिएको बताउनुभएको हो । सांसद पद दालभात तरकारी झैं पकाएर खाने चीज होइन, ठाउँको विकासका लागि भएको उहाँले औंल्याउनुभयो । उहाँले भन्नुभयो, “सांसद पद दालभात तरकारी झैं पकाएर खाने चीज होइन, ठाउँको विकासका लागि हो, त्यसैले म आफ्नो ठाउँको विकासमा प्रतिवद्ध छु ।”
    सिद्धार्थ राजमार्ग विस्तारको विषय धेरै पटक उठ्ने गरेको छ, अहिले काम हुनेगरी अर्थमन्त्रीसँग कुराकारी भएको मन्त्री गुरुङले जानकारी गराउनुभयो । सामाजिक तथा आर्थिक विकास आजको आवश्यकता हो, यसका लागि सानो कुराबाट आत्मनिर्भर हुने गरी काम गरियो भने परिवर्तन गर्न सकिने मन्त्री गुरुङको भनाई छ । 
    सोंचाईले संसारको निर्माण गर्छ, त्यसैले सबैभन्दा पहिला राम्रो सोंच आउनुप¥यो । सम्भावना भएर पनि निरास र प्रतिशोध छ, यसलाई त्यागेर सबै एकजुट भएर लागेको खण्डमा वालिङले छिट्टै स्मार्ट सिटीको लक्ष्यमा पुग्न सकिने सहभागीहरुले धारणा राखेका छन् । वितरणमुखी भन्दा पनि एक वर्षमा एउटा काम सम्पन्न गर्नेगरी लाग्न उनीहरुको नगरपालिकालाई सुझाव छ । यसैगरी बाटो खन्ने काम पुग्यो भन्ने अवस्था छ, अब बाटो खन्नेमात्र भन्दा पनि आवस्यकता र उपयोगितालाई महत्व दिनुपर्ने सहभागीहरुको विचार छ । वालिङलगायत समग्र स्याङ्जा जिल्ला आँधिखोलाको सभ्यतासँग जोडिएको छ, त्यसैले आँधिखोलालाई सजाउने भन्दा पनि संरक्षणलाई महत्व दिनुपर्ने विज्ञहरुको धारणा छ । यसैगरी आर्थिक उपार्जनले लक्ष्यमा पुग्न सकिने हुँदा आम्दानी बढाउने तर्फ ध्यान दिनुपर्ने, शीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्छ । कृषि उत्पादन मजवुत भएका देशहरु कोभिड महामारीका बेलामा पनि आर्थिक समस्यामा नपरेको देखिएकाले त्यसतर्फ ध्यान दिन आवश्यक सहभागीहरुको सुझाव छ ।
    कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति अर्यालतिवारी, प्रदेश सांसद भोजराज अर्याल, प्रदेशका निवर्तमान सांसद मोहन रेग्मीलगायतको पनि विशेष उपस्थिति रहेको थियो । सहभागिले विकासका लागि दलगत स्वार्थ भन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिएका छन् । यहाँका धार्मिक, पर्यटकीय, परम्परागत संस्कार संस्कृतिको प्रयोग गरी अध्ययन केन्द्रको रुपमा वालिङलाई विकास गर्न सकिने उनीहरुले बताएका छन् ।
    कार्यक्रममा नगरप्रमुख कृष्ण खांण्ाँले नगरपालिकाको विगत, वर्तमान र भावि योजना तथा चुनौतीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    आइतवार, भाद्र २४ २०८००२:५०:४४

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend