Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामपुरका दुई स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण

रामपुरका दुई स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण

  • PNN Times
  • सोमवार, आश्विन १ २०८०


  • रामपुरका दुई स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण

    पाल्पाको रामपुरका दुई स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
    रामपुर नगरपालिकाले गाँडाकोट स्वास्थ्यचौकी र गेझा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । नगरपालिकाले खरिद गरेको तथा नगरपालिकाको मातहतमा रहेको एम्बुलेन्स स्वास्थ्यचौकीहरुलाई सोमबार प्रदान गरिएको हो । 
    रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले एम्बुलेन्सको चावी प्रदान गरी एम्बुलेन्स हस्तानान्तरण गरिएको हो । एम्बुलेन्स हस्तान्तरण गर्दै नगर प्रमुख रमणबहादुर थापाले नगरबासीको स्वास्थ्य प्रति नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । स्वास्थ्य समस्या भएको वेला उपचारका लागि अस्पतालसम्म पुग्न सहजहोस भन्ने उद्देश्यले एम्बुलेन्स सेवा प्रदान गर्नका लागि हस्तान्तरण गरेको उल्लेख गर्नुभयो । साथै नगरका हरेक नागरिकलाई सहज र सर्वसुलभ रुपमा अस्पताल सम्मपुग्ने वातावरण बनाउन नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनुभयो । साथै आगामी दिनमा आवश्यक वडा र स्वास्थ्य संस्थाहरुलाई पनि एम्बुलेन्स उपलव्ध गराइने जानकारी दिनुभयो । 

    सोमवार, आश्विन १ २०८००७:००:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend