Logo

आइतवार, कार्तिक २ गते २०८३

images

राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न

राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न

  • गोपाल जिटी
  • शनिवार, आश्विन ६ २०८०


  • राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रतिष्ठान स्याङ्जाले शनिबार २२ औं वार्षिक साधारणसभा वालिङमा सम्पन्न गरेको हो । 
    साधारणसभाको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रीय सचिव घनश्याम रिजालले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कलाकारको दुःख सुखको सारथी भएको बताउनुभयो । अग्रजहरुको सुरुवात र हामी सबैको प्रयासबाट प्रतिष्ठान केन्द्रले डेढ करोड बढिको कलाकार कल्याणकारी कोष स्थापना गरिसकेकाले कलाकारको हरेक दुःख सुखको सारथीको रुपमा काम गर्दै आएको गण्डकी प्रदेशका संयोजकसमेत रहनुभएका केन्द्रीय सचिव रिजालले बताउनुभएको हो । कलाकारिताको कर्ममा लागेका र नेपाली लोकगीत संगीतमा समर्पित कलाकारहरुलाई विपतका बेला अभिभावकीय भूमिका निभाउदै आएकाले निर्धक्कसँग लाग्न उहाँले आग्रह गर्नुभयो । 
    देश बाहिर जाँदा संस्थागत अनुमति लिएर जाने परिपाटी बसालिएको छ, यसो गर्दा कलाकारको सुरक्षामा सहयोग पुग्छ । त्यसैले केन्द्रीय समितिको अनुमतिसहितको हरुताक्षर गराएर साङ्गितिक कार्यक्रममा देश बाहिर जान सचिव रिजालले आग्रह गर्नुभयो । साथै स्टेजमा अरुको गीत गाउनेहरुले संम्बन्धित स्रष्टाको अनुमति लिएर मात्रै गाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो । अन्यथा कार्यवाहीको भागिदार हुनुपर्ने पनि सचिव रिजालको भनाई छ ।
    साधारणसभाको अवसरमा प्रतिष्ठान स्याङ्जाका निवर्तमान अध्यक्ष ऋषि डुम्रेले आफ्नो कार्यकालमा जिल्लामा गरिएको कलाकार कल्याणकारी कोष स्थापनार्थ रु. २ लाख ५ हजारको चेक हस्तान्तरण गर्नुभयो ।
    कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष गोपाल जिटी, पूर्व अध्यक्षहरु अर्जुन गैह«े तथा नेत्रप्रसाद पाण्डेलाईलाई संरक्षक र जिल्लाका पाँचवटै नगरपालिकालाई संरक्षक संस्थाकोरुपमा कदरपत्र प्रदान गरिएको छ । यस्तै पदमराज गुरुङलाई सल्लाहकारमा मनोनित गरिएको प्रमाणपत्र हस्तान्तर गरिएको थियो ।

    शनिवार, आश्विन ६ २०८००६:३३:०१

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend