Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

रामपुरमा वडा कार्यालय र टोलबाट सामाजिक सुरक्षा भत्ता, नगरपालिका भवनबाट बैंकिङ सेवा

रामपुरमा वडा कार्यालय र टोलबाट सामाजिक सुरक्षा भत्ता, नगरपालिका भवनबाट बैंकिङ सेवा

  • PNN Times
  • मंगलवार, आश्विन ९ २०८०


  • रामपुरमा वडा कार्यालय र टोलबाट सामाजिक सुरक्षा भत्ता, नगरपालिका भवनबाट बैंकिङ सेवा

    पाल्पाको रामपुरमा वडा कार्यालय र टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने र नगरपालिकाबाट ब्याङ्किङ सेवा दिने भएको छ । रामपुर नगरपालिकाले नागरिकको सहजताको लागि वडा कार्यालय र टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने र नगरपालिकाबाट ब्याङ्किङ सेवा दिने भएको हो ।
    पहिलो चरणमा दुरीका हिसाबले ब्याङ्कसम्म पुग्न टाढा रहेका वडाहरुबाट यो कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । जनताको सेवा सहजताको लागि नगरपालिकाले वडा नं. १, ९ र १० का नागरिकलाई मध्यनजर गर्दै पहिलो चरणमा यो सेवा दिन लागेको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । दुरी टाढा भएका कारण र बृद्ध बृद्धा भएका ज्येष्ठ नागरिकलाई ब्याङ्कसम्म पुग्नुपर्ने बाध्यता छ । योसँगै लाईन बस्नु पर्दा सास्ती बढि भएकाले यसको अन्त्यका लागि वडा कार्यालय र टोल टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रम अघि सारेको उहाँले बताउनुभयो । नगर प्रमुख थापाले भन्नुभयो—“सामाजिक सुरक्षा भत्ता वितरण गर्ने ब्याङ्कसंँगको छलफल पश्चात आवश्यकताका आधारमा टोल टोलमा पुगेर भत्ता वितरण गर्ने सहमति गरेका छौँ, पहिलो चरणमा वडा नं. १,९ र १० का नागरिकलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।” 
    आवश्यकता अनुसार नगरका सबै वडा कार्यालय र टोल टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना रहेको नगर प्रमुख थापाले बताउनुभयो । यस्तै रामपुर नगरपालिकाको कार्यालय भवनबाटै कृषि विकास बैंकको विस्तारित सेवा कार्यालय स्थापना गरी नागरिकलाई ब्याङ्किङ सेवा दिने उहाँले उल्लेख गर्नुभयो ।
    जनतालाई घरदैलो मै सेवा दिनका लागि सामाजिक सुरक्षा भत्ता वडा कार्यालय र आवश्यकता अनुसार टोलमा पुगेर वितरण गरिने नगर प्रवक्ता कपिल बहादुर खाँणले जानकारी गराउनुभयो ।

    मंगलवार, आश्विन ९ २०८००४:२६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend