Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

उपकार सहकारीको ३१ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन

उपकार सहकारीको ३१ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन

  • गोपाल जिटी
  • सोमवार, आश्विन २९ २०८०


  • उपकार सहकारीको ३१ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन

    असोज २९,वालिङ । स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ वार्षिक साधारणसभा विभिन्न सेवा केन्द्रहरुमा सम्पन्न भएको छ । वालिङ मोडमा मुख्य कार्यालय रहेर चापाकोट ८ को दामाचौर, वालिङ ७ को केवरे, कालिगण्डकीको मिर्मी सेवाकेन्द्र, बायाँटारी र वालिङसेवा केन्द्रगरी ५ स्थानमा सोमबार एकैदिन साधारणसभा सम्पन्न गरेको हो ।
    वालिङमा गरिएको साधारणसभामा वालिङ नगरप्रमुख कृष्ण खांणले बचत तथा ऋणको कारोबारसंगै सदस्यहलाई उत्पादनमूलक कार्यमा लगाउनुपर्ने बताउनुभयो । उत्पादन सहकारीले लगानी गर्नुपर्नेमा नगरप्रमुख खांणको जोड  छ । सहकारीहरुले यहाँको आर्थिक गतिविधिलाई चलायमान बनाएको र आफ्नो नीति र सिद्धान्तलाई टेकेर अगाडि बढ्नुपर्ने नगरप्रमुख खांणले बताउनुभयो ।
    कार्यक्रममा संस्थामा बाल बचत गर्दै आएका गत शैक्षिक सत्रमा उत्कृष्ट अंक प्राप्त गर्ने छात्रछात्रा, छात्रा शैक्षिक पुरस्कार, सेयर सदस्यका भाईबहिनी तथा छोराछोरी नर्सरीदेखि कक्षा ९ सम्म वार्षिक परीक्षामा ३.८ जिपिए ल्याउने सेयर सदस्यका छोरी, बहिनी, बुहारीले एसइइमा ३.८ जिपिए प्राप्त गरेकाहरुलाई समेत पुरस्कार वितरण गरिएको छ ।
    सबै सेवाकेन्द्रको प्रतिनिधिमूलक उपस्थितिमा संस्थाको मुख्य कार्यालय वालिङमा मङ्गलबार साधारणसभा सम्पन्न गरिने कार्यक्रम रहेको छ । ३० गते नै नवौं अधिवेशन गरिने अध्यक्ष भरतप्रसाद बगालेले जानकारी गराउनुभयो । यही मंसिर ७ गतेसम्म वर्तमान कार्यसमितिको कार्यकाल रहेकाले पनि कार्यकाल सकिन अगावै अधिवेशन मार्फत नयाँ नेतृत्व निर्वाचित गर्ने तयारीमा सहकारी रहेको हो ।
    २०५० सालमा स्थापना भएको सहकारी गण्डकी प्रदेशकै ठुलो र व्यवस्थापकीय राम्रो रहेको मानिन्छ ।

    सोमवार, आश्विन २९ २०८००६:४६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend