Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

चुक अमिलोबाट झण्डै डेढ लाखको आम्दानी, निवुवालाई पेशा अपनाउँने प्रयास

चुक अमिलोबाट झण्डै डेढ लाखको आम्दानी, निवुवालाई पेशा अपनाउँने प्रयास

  • गोपाल जिटी
  • आइतवार, कार्तिक १२ २०८०


  • चुक अमिलोबाट झण्डै डेढ लाखको आम्दानी, निवुवालाई पेशा अपनाउँने प्रयास

    कार्तिक १२,वालिङ ।
    चापाकोटका कमल अधिकारीले चुक अमिलोबाट झण्डै डेढ लाखको आम्दानी गर्न सफल भएका छन् । लोप हुने अबस्थामा रहेको निवुवा लगाएर चापाकोट नगरपालिका ९ निर्दिमका अधिकारीले झण्डै डेढ लाखको आम्दानी गर्न सफल भएका हुन् । अधिकारीले दुई रोपनी जग्गामा निवुवा लगाएका छन् ।

    वैदेशिक रोजगारीका शिलशिलामा दुवईमा ८ वर्ष मेहनत गरेर फर्केका अधिकारी विगत १२ वषदेखि कृषि कर्ममा व्यस्त छन् । सुरुमा च्याउ खेति गरेका उनले चापाकोटमा बजारीकरणको समस्या भएपछि फलफूल तथा पशुपालनमा लागेका हुन् । उनले २०६८ सालदेखि “अधिकारी एकिकृत फलपूmल तथा पशुपालन कृषि फार्म” सञ्चालन गर्दै आएका छन् । मौरीका घार बनाउने, मौरी गोलासहित विक्रि वितरण गर्दै कृषि कर्मलाई अगाडि बढाएका अधिकारीले केरा तथा धानखेतिको साथमा निवुवालाई पनि सँगै डो¥याएका हुन् ।

    t.jpg

    स्याङ्जा जिल्लामा पशुपालन, तरकारी, फलपूmल, सुन्तला, कागतीलगायतमा कृषकहरु व्यावसायिक बन्दै आएका छन् । तर (निवुवा)  अमिलोलाई पेशाकारुपमा गरिएको भने त्यति पाइदैन । परम्परागतरुपमा लगाइएका दुई चार वटा बोटबाट गाउँ घरको आवस्यकता धान्ने प्रयास भैरहेको पाइन्छ ।

    बजारमा बिभिन्न कम्पनीद्वारा उत्पादित चुक  प्रसस्तै पाइन्छन् । तर गाउँ घरमा बनाइएको चुक अमिलो उपभोक्ताहरुको रोजाइमा पर्दछ । उपभोक्ताको रोजाईमा परेपनि न त स्वयम् किसानहरु व्यावसायिक बन्न सकेका छन् न त सम्बन्धित निकायको चासो नै देखिन्छ । योसँगै गाउँघरका निवुवा लोप हुने अवस्थामा रहेको छ । यसैबीच अधिकारीले भने निवुवाखेतिलाई व्यावसायिकरुप दिने प्रयासमा देखिएका छन् ।

    images

    u.jpg
    काठे कोलमा (निवुवा) अमिलो पेल्ने पुरानो चलन हो । अधिकारीले त्यही काठे कोलमा निवुवा पेलेर चुक बनाउँछन् । यसमा दुःख र झण्जट अबस्य छ, उनले भने आधुनिक प्रविधिको खोजी गरिए पनि पाउन सकिएको छैन । त्यस्तो आधुनिक प्रविधि भैदिने हो भने धेरै सजिलो हुनेथियो । योसँगै किसानहरु अमिलो खेतिमा लाग्न प्रोत्साहन मिल्ने उनको विश्वास छ ।

    गतवर्ष भन्दा अहिले निवुवा राम्रो फलेको अधिकारी बताउँछन् । गतवर्ष ७५ हजारको चुक बिक्रि गरेको थिएँ, यसपाली फल राम्रो लागेकाले चुक पनि बढि नै बनेको छ उनले भने । अहिले ९० माना चुक बनाउन सफल भएको उनले बताए । चुक प्रति माना १५ सय रुपैयाँ चलेको भाउ हो । यसरी हेर्दा अधिकारीले चुकबाट मात्रै १ लाख ३५ हजार आम्दानी गर्न सफल भएका छन् । उनी भन्छन्—मैले गरेको देखेपछि छिमेकीहरुले पनि निवुवा लगाउन थालेका छन् ।

    जिजुबाजेका पालादेखि चलनमा आएको काठे कोल अधिकारी आफैले बनाएका हुन् । अत्यधिक श्रम पर्ने हुँदा फाइदाका दृष्टिकोणले ठिक ठिकै छ । माग निकै छ, आफन्तीकासाथै बुटवल, पोखरा र काठमाडौसम्म अधिकारी बताउँछन् । राज्यको सहयोग हुने हो भने ब्राण्डिङ गर्ने उनको बिचार छ । पोलेको घाउमा निवुवाको बियाँ पिधेर लगाउने हो भने निको हुन्छ भन्थे बाउ बाजेहरुले । यसलाई पनि प्रयोग गर्न सकिएको छैन । बजारमा बिभिन्न रसायनयुक्त अचारहरु आउँछन्, ती सामानहरुमा अखाद्य वस्तु मिसिएको पनि हुनसक्छ । बियाँ र पेलेर बाँकि रहेको यसै फालिन्छ । पेलेर बाँकि रहेको बिर्चावलाई अचार बनाउने र बियाँबाट तेल निकाल्न सकिने सहजै अनुमान गर्न सकिन्छ । यसो गर्दा यतिकै खेर गैरहेको वस्तु प्रयोगमा आउँदा थप फाइदा त हुन्छ नै, साथमा जैविक सामान प्रयोग पनि गर्न पाइने थियो । यसका लागि राज्यको निकायबाट सोंच आउन आवश्यक देख्छु अधिकारीले भने ।

    आइतवार, कार्तिक १२ २०८००१:४२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend