Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

माटोलाई मायाँ गर्नसके पैसैपैसा छ !

माटोलाई मायाँ गर्नसके पैसैपैसा छ !

  • गोपाल जिटी
  • सोमवार, मंसिर ४ २०८०


  • माटोलाई मायाँ गर्नसके पैसैपैसा छ !

    म‌सिर ४ वालिङ  ।
    माटोलाई चिन्न र मायाँ गर्नसके पैसैपैसा छ भन्ने अग्नीप्रसाद न्यौपानेबाट सिक्न सकिन्छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्वर ७ थुमका न्यौपानेकोे विगत एक दशकदेखिको कृषि कर्मले माटोलाई चिन्न र मायाँ गर्नसके पैसैपैसा छ भन्ने सावित गरेको छ ।
    बन्यजन्तुका कारण कृषि पेशा गरेर जिउन मुश्किल छ भनिरहेका बेला न्यौपानेको अभ्यासले कृषिकर्मभित्रै बिकल्प छ भन्ने देखाएको छ । उनको मुख्यखेति अदुवा हो भने साथमा मौसम अनुसारका तरकारी, मकै र कोसेबाली । वार्षिक १० देखि १५ रोपनीमा न्यौपानेले अदुवा लगाउँछन् । यो वर्ष उनले १० रोपनीमा अदुवा फलाएका न्यौपाने श्रीमती रेनुसँगै अहिले अदुवा खन्ने र बिक्रि गर्ने काममा व्यस्त छन् । दुई छोरी र एक छोरा पढ्दैछन् भने उनिहरुको सम्पूर्ण खर्च व्यवस्थापन गरेर गाउँको बसाई आनन्दित रहेको न्यौपाने बताउँछन् । उनले फलाएको अदुवा दुइवटा पाना राख्यो कि किलो पुगिहाल्छ । गतवर्ष नगरपालिकाबाट उत्कृष्ट किसानकारुपमा पुरस्कृतसमेत भैसकेका न्यौपानेको अदुवा पोखरा तथा बुटवलको बजारसम्म जाने गरेको छ ।उनी भन्छन्—कतिपय किसानले अदुवाको बजार नपाएको गुनासो पनि सुन्ने गरिन्छ, बजार आफुले पनि खोज्नुपर्छ, पाइन्छ ।

    yyyyyy.jpg

    २५ सय किलो बीउ लगाएकोमा ५० क्वीण्टल भन्दा बढि उत्पादन हुने उनको अनुमान छ । उनीसँगै थुमबासी १७ जना किसान अदुवाखेतिमा आकर्षित भएका छन् । अरु साथीहरुले २ देखि ३ रोपनीमा लगाउने गर्छन् । नियमित काम गर्दैजाने हो भने सम्बन्धित निकायबाट पनि प्रोत्साहन मिल्दो रहेछ उनले भने विगत ४ वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकिकरणबाट बीउमा ५० प्रतिशत अनुदान प्राप्त हुँदै  आएको छ । आफ्नोसमेत गर्दा थुममा झण्डै ६० रोपनी जग्गामा अदुवा खेति गरिएको न्यौपाने बताउँछन् ।उनले भदौ महिनामा करिव ८ क्वीण्टल ब्रुनि निकालेर बिक्रि गरिसकेका छन् । ब्रुनि (बीउ लगाएको भाग) नयाँ फल भन्दा धेरै मूल्यमा बिक्रि हुन्छ ।
    अहिले नयाँ फल प्रतिकिलो एकसय रुपैयाँमा बिक्रि भैरहेको छ भने ब्रुनि १ सय २० मा जान्छ । विशेषगरी अदुवा मसलाबाली अन्तर्गत पर्दछ, बिक्रि नहुने भन्ने कुरै छैन ।योसँगै करिव ७ रोपनीमा गोलभेडा फलाएर झण्डै ३ लाख रुपैयाँको बिक्रि भयो न्यौपानेले भने । साथमा मौसम अनुसार उत्पादित काउली, बन्दा तथा कोसेबाली लगाउँछु, जुन स्थानीय गल्याङ बजारमा खपत हुन्छ । त्यसो त थुमको डाँडा मकै पकेट क्षेत्र पनि हो । यहाँ २०७३ सालदेखि मकैको बीउ उत्पादन हुँदै आएको छ । उनले मात्रै वार्षिक १० क्वीण्टल मकैको बीउ बिक्रि गर्छन् । अरु १६ जना किसानले प्रति व्यक्ति २ क्वीण्टलका दरले वार्षिक ४२ क्वीण्टल मकैको बीउ बिक्रि गर्न सफल छन् । प्रतिकिलो १ सय २० मा मकैको बीउ घरबाटै बिक्रि हुने गर्दछ । यहाँ उत्पादन भएको बीउ कृषि स्रोतकेन्द्र र पालिकाले खरिद गरिदिने भएकाले बजारको समस्या छैन । थुमको मुख्य समस्या सिंचाई हो । यदि सिंचाईको सुविधा हुने हो भने मासिक लाखौंको तरकारी फलाउन सकिन्छ ।

    images

    eeeeee.jpg
    न्यौपाने भन्छन्—“यहाँ सबैको गरेर २ सय रोपनी भन्दा धेरै खेतियोग्य जमिन छ । यहाँको माटो र हावापानीमा तरकारीखेतिबाट राम्रो फाइदा लिन सकिने मौसम अनुसारका उत्पादनले देखाएको छ । मुख्य समस्या सिंचाईको हो । खानेपानीका लागि लिफ्टिङ प्रणालीको प्रयोग गरिएको छ तर सिंचाईका लागि यो सम्भव हुदैन । आकाशेपानी जम्मा गर्ने २ लाख लिटरको पोखरीको व्यवस्था हुने हो भने यहाँ बाह«ै महिना तरकारी खेति गर्न सकिने थुमबासीको विश्वास छ ।” जग्गाको समस्या छैन, यदि सम्बन्धित निकायबाट पोखरी व्यावस्थापनमा सहयोग हुन सक्ने हो भने मासिक लाखौंको आम्दानी गर्न सकिने न्यौपानेको भनाई छ ।

    सोमवार, मंसिर ४ २०८००१:१२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend