Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

माटाका भाँडा बनाउने परम्परागत पेशा लोपहुने अवस्था,पुस्तान्तरणको प्रयास

माटाका भाँडा बनाउने परम्परागत पेशा लोपहुने अवस्था,पुस्तान्तरणको प्रयास

  • गोपाल जिटी
  • बुधवार, मंसिर ६ २०८०


  • माटाका भाँडा बनाउने परम्परागत पेशा लोपहुने अवस्था,पुस्तान्तरणको प्रयास

    नेपाली समाजमा माटाका भाँडा बनाउने कुमाल समुदायको परम्परागत सीप तथा कला हो । कुमाल समुदायका मानिसहरुले माटोबाट हाँडी, घैंटा, आरी, हण्डा, गमला, पाला, भुँड्कीलगाएत भाँडा बनाउने परम्परागत पेशा हो । घैंटामा राखेको चिसो पानी स्वास्थ्यका हिसावले पनि राम्रो हुने विश्वास गरिन्छ । यसैगरी हाँडीमा भुटेको मकै र आरीमा जमाएको दही स्वादिष्ट र स्वस्थकर  मानिन्छ ।
    हिन्दु परम्परा अनुसार बिभिन्न पूजाआजाका लागि पनि माटाका भाँडा प्रयोग गर्नै प्रचलन छ । तर पछिल्लो समयमा यी माटाका भाँडा बनाउने काममा चासो कम हुँदैजाँदा कुमाल समुदायमा रहेको सीप र पेशा लोप हुने अवस्थामा रहेको पाइन्छ । अहिले आएर एकादशीलगाएत चाडपर्व केन्द्रित रहेर अग्रजहरुले बनाउने गर्दछन् ।

    1.jpg
    यसैबीच चापाकोट नगरपालिका वडा नम्बर ८ दामाचौरस्थित कुमाल समुदायले यही ७ गते बिहिबार परेको यो वर्षको हरिवोधनी एकादशी मेलामा बिक्रि गर्ने उद्देश्यले माटाका भाँडा तयारीमा जुटेका छन् । एक महिना अगाडिदेखि यहाँका  कुमाल समुदायका अग्रज सिल्पीहरुले माटाका भाँडा तयारीमा जुटेका हुन् । यहाँका खगेश्वर कुमाल, लोकबहादुर कुमाल र भुवानन्द कुमाल गरी तीन घरमा माटाका भाँडाहरु बनाइएको छ । ज्याग्दीखोला बहँदै आएर कालिगण्डकीमा मिसिने ठाउँ दामाचौरमा लाग्ने एकादशी मेला (ज्याग्दी बजार) का लागि भनेर तयार गरिएको लोकबहादुर कुमालले बताउनुभयो । योसँगै तनहँुको डुम्रेवेशीमा लाग्ने शिवरात्री मेला र फागुन पूर्णिमा तथा औंशीमा बिरुवा बजारमा लाग्ने मेलामा पनि यहाँ बनाइएका माटाका भाँडा बिक्रि गरिने कुमालले जानकारी दिनुभयो । गतवर्ष यहाँका युवाहरुका लागि माटाका भाँडा बनाउने तालीम दिइएको थियो । तालीम दिइए पनि युवाहरुले चासो नदेखाउँदा अग्रजहरुले नै बनाउने गरेका छन् ।

    यसैबीच ७० वर्षीय नन्दलाल कुमाल भन्नुहुन्छ—गतवर्ष युवाहरुका लागि तालीम दिइएको थियो, तर पनि चासो नदेखाएकाले हामी बुढाहरुले नै बनाएका छौं । कतिपय युवाहरु त विदेश गए, हामीले मात्र कहिलेसम्म सकिएला र, त्यसैले परम्परागत पेशा नै लोप हुने अवस्था छ ।

    images

    2.jpg

    यसैबीच समाजमा पछि परेको कुमाल समदायको उत्थानका लागि संस्थागतरुपमा एकिकृत गराएर लागिएको कुमाल श्रमिक कृषि सहकारी संस्थाकी अध्यक्ष मथुरा कुमालले बताउनुभयो । युवाहरुलाई तालीम प्रदान गरेर परम्परागत पेशा पुस्तान्तारणको प्रयासमा लागिएकोसमेत उहाँको भनाई छ । यहाँ कुमाल समुदायका २ सय ४० घरधुरी छन् । समय मिलाएर तालीममा सहभागी गराई युवापुस्तालाई जागरुक गर्दैजाने आँपूmहरुको उद्देश्य रहेको समेत अध्यक्ष कुमालले बताउनुभयो । यसैगरी माटाका भाँडालगायत अन्य कामबाट भएको कमाइलाई बचत गर्ने बानीको विकास हुँदै गएको संस्थाकि कोषाध्यक्ष अम्विका कुमालले जानकारी दिनुभयो । 

    बुधवार, मंसिर ६ २०८००५:१२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend