Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मेथा भूरुङमा पाँचौं संस्कारणको राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न, उपाधी भुरुङ चौकीलाई

मेथा भूरुङमा पाँचौं संस्कारणको राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न, उपाधी भुरुङ चौकीलाई

  • गोपाल जिटी
  • शनिवार, मंसिर १६ २०८०


  • मेथा भूरुङमा पाँचौं संस्कारणको राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न, उपाधी भुरुङ चौकीलाई

    पङ्सिर १६, वालिङ

           स्याङ्जाको बिरुवा गाउँपालिका मेथा भुरुङमा सञ्चालित गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । वडा नम्वर ८ मेथाभुरुङस्थित पुष्प मदन खेलमैदानमा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता १३ गते बुधबारदेखि सुरु भएको थियो । प्रतियोगितामा सर्वाधिक ८४ अङ्क ल्याई भुरुङ चौकी माध्यमिक विद्यालयले उपाधी जितेको छ । यसैगरी नवज्याति माध्यमिक विद्यालय ५३ अङ्कसहित दोस्रो स्थान हासिल गर्दा अरनिको माध्यमिक विद्यालयले २९ अङ्क ल्याई तेस्रो स्थान प्राप्त गरेको छ । यस्तै जीवनज्याति माध्यमिक विद्यालयले भने २३ अङ्क ल्याई सान्त्वना भएको छ ।
         पाँचौं संस्करणको प्रतियोगिता समापन समारोहमा पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका स्थानीय विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिङ्खडाले राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताले जिल्ला र प्रदेश जोड्ने काम गर्ने बताउनु भयो । युवाहरुलाई अनुशासित र सत्मार्गमा डो¥याउन खेलकुदको ठूलो भूमिका रहने भन्दै मन्त्री सिङ्खडाले खेलले संस्कारीसमेत बनाउने उल्लेख गर्नुभयो । यसकासाथै खेलको माध्यमबाट व्यक्तित्व विकाससँगै राष्ट्र र राष्ट्रियताका लागिसमेत महत्वपूर्ण भूमिका रहेको उहाँको भनाई छ । विद्यालय स्तरबाट बालबालिकाहरुलाई खेलकुदमा सहभागी गराउँदै जानुपर्छ, यसका लागि राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताले उनीहरुलाई अवसर प्रदान गर्ने विश्वास गण्डकी प्रदेश मन्त्री सिङ्खडाले व्यक्त गर्नुभयो ।
    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार नगदसहित शील्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
           गाउँ स्तरीय खेलकुद विकास समितिद्वारा आयोजित पाँचौं संस्कारणको राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको संयोजन तथा व्यवस्थापन भुरुङ चौकी माध्यमिक विद्यालयले गरेको हो । प्रतियोगितामा पालिकाका १० वटा विद्यालयको सहभागिता रहेको थियो । १८ वर्ष मुनिका विद्यार्थीहरुलाई प्रतियोगिता सहभागी गराइएको हो । भलिबल, १६ सय, आठ सय, तथा ४ सय मीटर दौड, कपर्दीलगायत १३ वटा विधामा प्रतियोगिता गराइएको थियो । गाउँपालिका स्तरीय प्रतियोगिताबाट छनौट भएका विद्यार्थीहरु जिल्ला स्तरीय छनौट प्रतियोगितामा र जिल्लाबाट छनौंट भएकाहरु प्रदेश स्तरीय प्रतियोगितामा जान सक्नेछन् । यसैगरी प्रदेश स्तरीय प्रतिस्पर्धाबाट छनौट भएकाहरु राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

    images

    शनिवार, मंसिर १६ २०८००९:४७:३३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend