गन्डकी प्रदेशका उर्जा खानेपानी तथा जलश्रोत मन्त्री सरस्वती अर्याल तिवारिले आफ्नो पहिचान स्थापना गर्नको लागि आइपर्ने सबै चुनौती सामना गर्न सक्नुपर्ने बताउनुभएको छ ।भिरकोट नगरपालिकाले आयोजना गरेको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री तिवारिले आफ्नो पहिचान बनाउन राजनैतिक ,आर्थिक तथा सामाजिक चुनौतिहरुलाइ सामना गर्न सकेमात्र जीवन सार्थक बन्ने उल्लेख गर्नुभयो ।

मन्त्री तिवारीले विद्यार्थीवर्ग देशको सर्वाङ्गिण पक्षको बोझ उठाउन सक्ने वर्ग रहेको उल्लेख गर्दै विद्यालयस्तरमा खेलकुदका सबै विधामा स्पर्धा गर्न आवश्यक रहेको बताउनुभयो । खेलकुदको माध्यमबाट आफ्नो सहित नगर र समग्र देशकै पहिचान स्थापना गर्न सकिनेमा बिश्वास व्यक्त गर्दै मन्त्री तिवारीले जिवनका महत्वपुर्ण सीप विद्यार्थी जिवनमा नै सिक्नुपर्ने उल्लेख गर्नुभयो ।प्रतियोगितामा नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले खेलकुदको बिकास तथा संस्थागत गर्न कुनै कसर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

"खेलकुदको विकास र संस्थागत गर्न भीरकोट नगरपालिकाले आवश्यक सबै पक्षको अबलम्बन गर्दछू नगरप्रमुख कर्माचार्यले भन्नुभयो" खेलमैदान, खेलसामग्री तथा अन्य पक्षको बिकासको लागि हामी तत्पर छौं । ूहरेक वर्ष आयोजना गरिँदै आएको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यस वर्षको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरि १७ वटा विद्यालयहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा एथलेटिक्स ,हाइजम्प,लङजम्प,ट्रीपल जम्प, भलिबल,कबड्डी, ज्याभलिन थ्रो र छेलो फाल्ने लगायतका खेलहरु समाबेश गरिएको नगरप्रवक्ता दीपेन्द्र केसीले जानकारी दिनुभयो । भीरकोट नगरपालिकाको खेलमैदान भीरकोट १ सिसौघारीमा सुरु भएको प्रतियोगिता मंसिर १६ देखि १८ सम्म सन्चालन हुनेछ ।
