Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्थापना दिवसको अवसरमा मुक्ति समाजद्वारा बालगृहमा सहयोग हस्तान्तरण

स्थापना दिवसको अवसरमा मुक्ति समाजद्वारा बालगृहमा सहयोग हस्तान्तरण

  • मोहन सुनार
  • मंगलवार, पौष ३ २०८०


  • स्थापना दिवसको अवसरमा मुक्ति समाजद्वारा बालगृहमा सहयोग हस्तान्तरण

    पौष ३,वालिङ ।
    नेपाल उत्पिडित जातीय मुक्ति समाज स्याङ्जाले बालगृहमा सहयोग प्रदान गरेको छ । संस्थाको ३६ औँ स्थापना दिवसको अवसरमा अमोर सेवा नेपाल(बालगृह)मा सहयोग प्रदान गरेको हो । 
    समाजले फेदीखोला गाउँपालिका वडा नं.१ मा रहेको बालगृहमा सहयोग प्रदान गरेको समाजका जिल्ला कमिटि स्याङ्जाका अध्यक्ष मेघ प्रनेशले जानकारी दिनुभयो ।
    प्रनेशका अनुसार समाजका उत्पिडित,जातीय रुपमा विभेद खेपीरहेको वर्गको नेतृत्व गर्दै आइरहेको समाजले अमोर सेवा नेपाल(बालगृह)मा रहेका बालबालिकाहरुका लागि खाद्यान्न,लत्ताकपडा लगायतका समाग्री प्रदान गरेको हो ।समाजमा रहेका गरिब तथा सहाराविहिन बालबालिकाहरुको लागि बालगृहले अभिभावकत्व प्रदान गर्दै आइरहेकोमा आफूलाई गर्व लागेको उल्लेख गर्दै अध्यक्ष प्रनेशले नेकपा एमालेको भातृसंगठन मुक्ती समाजले बालगृहले गरेको पूण्य काममा सानो सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
    ‘जातीय रुपमा पिछडिएको आधारभूत वर्गको नेतृत्व गर्दै आइरहेको नेकपा एमालेको भातृ संगठन मुक्ती समाजले सामाजिक विभेदका विरुद्धमा आवाज उठाउने,पैरवीको लागि सहयोग गर्ने तथा कानुनी उपचारमा समेत सहयोग गर्दै आइरहेको छ’ अध्यक्ष प्रनेशले भन्नुभयो–‘ मुक्ती समाजको ३६ औँ स्थापना दिवसको अवसरमा सहाराविहिन बालबालिकाहरुको लागि सानो सहयोग प्रदान गर्न पाउँदा म हर्षविभोर भएको छु ।’
    बालबालिकाहरुको भविष्य निर्माणमा बालगृहले पु¥याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै प्रनेशले आगामी दिनहरुमा समेत सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    सहयोग ग्रहण गर्दै बालगृहकी सञ्चालक कमला पराजुलीले मुक्ति समाजले प्रदान गरेको सहयोगले बालबालिकाको लागि राहत मिलेको बताउनुभयो । उहाँले मुठी दानबाट चलिहरेको बालगृहमा दाताहरुले प्रदान गरेको सहयोगले नै बालबालकाहरुको पालनपोषण भैरहेको उल्लेख गर्दै जन्मदिन,विवाह तथा अन्य शुभकर्ममा बालगृहमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
    अमोर सेवा नेपालद्वारा सञ्चालित बालगृहमा स्याङ्जा,पर्वत,मुगु लगायतका जिल्लाका ३१ जना सहाराविहिन बालबालिकाहरु रहेका छन् ।वि.सं.२०४५ सालमा स्थापना भएको नेपाल उत्पिडित जातीय मुक्ति समाजले स्थापनाकालदेखि नै विभेदको अन्त्य र सामाजिक समानतामा काम गरिरहेको छ ।

    मंगलवार, पौष ३ २०८००८:०९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend