Logo

आइतवार, कार्तिक २ गते २०८३

images

पहिलो पटक गाउँमा उत्पादन भएको समान बोकेर शहर हिड्यो ट्रक 

पहिलो पटक गाउँमा उत्पादन भएको समान बोकेर शहर हिड्यो ट्रक 

  • चोकलाल भुर्तेल
  • सोमवार, पौष ९ २०८०


  • पहिलो पटक गाउँमा उत्पादन भएको समान बोकेर शहर हिड्यो ट्रक 

    पुस ९, पर्वत ।  शहरबाट टनका टन समान बोकेर गाउँ आउने ट्रक अब गाउँबाट पनि समान  बोकेर शहर जाने भएको छ । सुन्दा अचम्म लागे पनि यर्थामा भने सत्य यही हो । पर्वत पैयूँका सञ्जय काफ्ले र उहाँका  साथीहरु मिलेर खोलेको पहाडी कम्पनीले गाउँमा उत्पादन भएका सामानहरु शहर लैजान सुरु गरेको छ ।

    यसको सुरुवात काफ्ले पर्वतबाट भएको बताउनु भएको छ । उहाँले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भन्नु भएको छ : मन प्रफुल्ल छ, हामीले १२ टन सामान बोक्ने ट्रक गाउबाट शहर पठायौँ । 

    images

    गाउँमा उत्पादन भएको  सामान बोकेर ट्रक शहर नगएको तर अहिले १२ टन सामान लिएर जादा गाउँलेहरु पनि अचम्म परेको उहाँले लेख्नु भएको छ । विहादी गाउँपालिका र फलेवास नगरपालिकाका गाउँबाट गाउँमा उत्पादन भएको सामान लिएर ट्रक जादा  - ड्राईभर भाई, स्थानीय सबैले आज अचम्म भयो, सधै खालि फार्किने ट्रक आज भरिएर भन्नु भयो । कोहि कृषकले धान बेचेर ३ लाखसम्म आम्दानी गरेका छन् । त्यो २५ हजार प्रति महिना बराबर कमाई हो उहाँले लेख्नु भएको छ ।  

    पहाडी कम्पनीको यो अभियानले कृषकको मेहनत खेर नगई उनिहरुको गरेको मेहनतको मुल्य पाउने छन । पहिलो चरणमै कृषकले धान बेचेर ३ लाख आम्दानी गरेका छन । यो प्रतिमहिनाको हिसाब गर्ने हो भने २५ हजार हुन आउने काफ्लेले बताउनु भयो ।  अब यसरी नै गाउँमा उत्पादन भएका सामान बजारी करण गर्न कृषकसंग आफु अन्तरकृया गर्न केही दिन गाउँमै रहने जानकारी दिनु भयो । 

    410093086_426144299741062_8831414100641684258_n.jpg

    410062294_1014834012956784_267561777695738790_n.jpg

    सोमवार, पौष ९ २०८००२:३३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend