Logo

शनिवार, कार्तिक १ गते २०८३

images

डा. केसीले अनशन तोडे

डा. केसीले अनशन तोडे

  • PNN Times
  • आइतवार, आश्विन २५ २०७७


  • डा. केसीले अनशन तोडे

     असोज २५, काठमाडौं । डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा। केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ।

    डा। केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् । 

    चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा। केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं। ५०१ मा राखिएको थियो । 

    images

    अस्पताल परिसरमा अनशन तोडिदै गर्दा केसीका समर्थकहरुले ‘फेरि आमरण अनशन बस्न नपरोस्’ लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए । डा। केसीसँग भएका सम्झौताहरु कार्यान्वयन हुनुपर्ने र सम्झौतामा धोका हुन नहुने उनीहरुको भनाइ थियो ।

    #अनलाइन खबरबाट  

    आइतवार, आश्विन २५ २०७७०२:१४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend