Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

क्षेत्रपाटीबाट २ करोड रुपैयाँसहित ३ जना पक्राउ

क्षेत्रपाटीबाट २ करोड रुपैयाँसहित ३ जना पक्राउ

  • PNN Times
  • शुक्रवार, माघ ५ २०८०


  • माघ ५ , काठमाडौं । राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।

    विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार, अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु छन् । ‘बरामद रकम अझै गनिरहेका छौं’, उनले अनलाइनखबरसँग भने ।

    images

    ढुंगानाका अनुसार, बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान छ । अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न रहेको सूचना विभागसँग थियो ।

    अग्रवालले कपडा व्यवसायको आडमा हुण्डी र नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको विभागका अधिकृतहरु बताउँछन् । 

    शुक्रवार, माघ ५ २०८०११:५७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend