Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नविन नवयुग : अधिवेशनमा निःशूल्क स्वास्थ्य शिविर

नविन नवयुग : अधिवेशनमा निःशूल्क स्वास्थ्य शिविर

  • मोहन सुनार
  • सोमवार, माघ १५ २०८०


  • नविन नवयुग : अधिवेशनमा निःशूल्क स्वास्थ्य शिविर

    माघ १६,वालिङ ।
    शेयर सदस्यहरुको हाजिरी,भत्ता वितरण,खानाको तामझाम,नेताहरुको लामो भाषण यी र यस्ता विवरणहरु सहकारी संस्थाहरुको वार्षिक साधारणसभा तथा अधिवेशनमा देखिने दृश्यहरु हुन् । तर,स्याङ्जाको गल्याङमा रहेको नवयुग बचत तथा ऋण सहकारी संस्थाको अधिवेशनमा भने फरक दृश्य देखिएको छ । 
    शेयर सदस्यहरुको बाक्लो उपस्थिति,ग्रामिण तहका नागरिकहरु,संस्थाका पदाधिकारी तथा कर्मचारीहरु कार्यक्रम व्यवस्थित बनाउनको लागि  उत्साहपूर्ण कर्तव्यपरायणता, स्वास्थ्यकर्मीहरुको व्यस्तता....यी दृश्यहरु नवयुगको आठौँ वार्षिक साधारण सभामा देखिएका हुन् । संस्थाको माघ १३ गतेको कार्यक्रम आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा राजनैतिक दाउपेच,भागवण्डा वा अन्य केही‘रौनकता’ भने थिएन । सबैको ध्यान स्वास्थ्य सेवा लिन आएका नागरिकहरुको भीडलाई व्यवस्थित बनाउँदै सेवा प्रवाह गर्नु थियो ।

    423225605_24950854354527944_7308733154271637568_n.jpg
    अधिवेशलाई फरक र अर्थपूर्ण बनाउन संस्थाले स्वास्थ्य शिविर आयोजना गरेको थियो । आर्थिक कारोबारसँगै स्वास्थ्य क्षेत्रको सेवा पनि नागरिकहरुलाई उपलब्ध गराउन शिविरको आयोजना गरिएको नवयुग बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक ललित थापाले बताउनुभयो ।
    ‘हामी न्यून आय भएका नागरिकहरुलाई आर्थिक कारोबारको पाटोमा सेवा प्रवाह त गरिरहेकै छौँ, संस्थाले गर्ने कार्यक्रमहरुमध्येको महत्वपूर्ण कार्यक्रमको दिन स्वास्थ्य सेवा दिने हेतुले स्वास्थ्य शिविरको आयोजना गरेका हौँ’ व्यवस्थापक थापाले भन्नुभयो‘ हामी तामझामको कार्यक्रम भन्दा पनि कम खर्चिलो र अर्थपूर्ण कार्यक्रमका साथ साधारण सभा र अधिवेशनको आयोजना गरेका हौँ ।’
    संस्थाको तेस्रो अधिवेशनले राजेन्द्र डुम्रेको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा यौ बहादुर राना, सचिव खुम बहादुर बराल, कोषाध्यक्ष राम प्रसाद सापकोटा  
    चयन भएका छन् । 

    images

    421668000_24950853764528003_5164561866356787198_n.jpg
    त्यसैगरी सदस्यहरुमा  बेलभक्त अधिकारी, कुमार राना, कृष्ण वस्याल, खयश्वर अधिकारी (गोपाल), डिल्ली प्रसाद भण्डारी, नन्दा राना थापा, छविलाल गैह्रे र युगमाया पाण्डे सर्वसम्मत रुपमा चयन भएका छन् । 
    कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष राजेन्द्र डुम्रेले अन्य सहकारीहरुको तुलनामा नवयुग नयाँ तरिकाले सञ्चालन भएको बताउनुभयो । उहाँले धेरै नाफा आर्जन गर्नेभन्दापनि न्यून आय भएका नागरिकहरुलाई आर्थिक कारोबारको पाटोमा सहयोग पुग्ने गरी संस्थाको नीति निर्माण गरिएको बताउनुभयो । 
    ‘हामीले आर्थिक फाइदा कमाउनेभन्दा पनि शेयर लगानीकर्ताहरु र संस्थाका सेवाग्राहीहरुलाई उत्पादनका क्षेत्रमा लगानी गर्ने उत्प्रेरणा प्रदान गर्ने गरी काम गरेका छौँ’अध्यक्ष डुम्रेले भन्नुभयो–‘बचत गर्ने बानीको विकास गरौँ, आज गरेको सानो बचतले भोलिको ठुलो अभाव टर्नेछ ।’
    वालिङ हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।वार्षिक साधारण सभामा आयोजित स्वास्थ्य शिविरमा ४०० भन्दा धेरैले स्वास्थ्य सेवा लिएको वालिङ हस्पिटल प्रा.लि.का डा.विनोद गैह«ेले जानकारी दिनुभयो ।

    423249552_24950855147861198_6543532573773777475_n.jpg
    कार्यक्रममा खुसीलो युवा क्लब द्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।  उत्कृष्ट बाल बचतकर्ता र जेहेन्दार २६ जना बालबालिकालाई पुरस्कृत गरिएको छ । त्यसैगरी युवा कृषि उद्यमी मुरली कृषि फर्म गाल्याङ ९ र कर्मचारी तर्फ प्रमिला राणालाई सम्मान  प्रदान गरिएको संस्थाले जनाएको छ । 

    423223965_24950855897861123_177850710437700233_n.jpg

      

    सोमवार, माघ १५ २०८०११:०७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend