Logo

आइतवार, कार्तिक २ गते २०८३

images

गण्डकी प्रदेशलाई आत्मनिर्भर बनाउँने ः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशलाई आत्मनिर्भर बनाउँने ः मुख्यमन्त्री पाण्डे

  • गोपाल जिटी
  • शुक्रवार, माघ १९ २०८०


  • गण्डकी प्रदेशलाई आत्मनिर्भर बनाउँने ः मुख्यमन्त्री पाण्डे

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशलाई पाँच वर्षमा कुनै न कुनै क्षेत्रमा आत्मनिर्भर बनाउने बताउनुभएको छ । स्याङ्जाको वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाले आयोजना गरेको आठौं वालिङ महोत्सवलाई बिहीबार वालिङ खेलमैदानमा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई दूध, मासु, तरकारी र फलफूलमध्ये कुनै न कुनैमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनुभएको हो ।

    गण्डकी प्रदेशलाई पाँच वर्षभित्रमा दूध, मासु, तरकारी र फलफूललगायतका कुनै न कुनै क्षेत्रमा आत्मनिर्भर बनाउने गरी अगाडि बढेको उहाँले उल्लेख गर्नुभयो । गण्डकी प्रदेश सरकारले पञ्चवर्षीय योजना बनाएर काम अगाडि बढाएको बताउनुभयो । उहाँले युवाहरुको बसाई सराई दर घटाउने र प्रदेशलाई दूध, मासु, तरकारी र फलफूलमा आत्भनिर्भर बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो । 
    युवा विदेशिने क्रम जहाँतहीँ चलिरहेको भन्दै मुख्यमन्त्री पाण्डेले यो शून्यमा झर्दैन तर यसका सन्दर्भमा स्वदेशमै दक्ष बनाएर युवालाई आकर्षित गर्ने खालका नीति तथा कार्यक्रमहरु ल्याएर कम गर्न सकिने औंल्याउनुभयो । गण्डकी प्रदेशले एघार वटै जिल्लामा प्राथमिकता र आवश्यकताका आधारमा योजनाहरु अगाडि बढाईरहेको छ । वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले यहाँका उत्पादनहरुको प्रचार प्रसार, प्रवद्र्धन तथा बजारीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास  मुख्यमन्त्री पाण्डेले ब्यक्त गर्नुुभयो ।
    कार्यक्रममा पुर्व उद्योग मन्त्री महेश बस्नेतले चेतनाको कमिका कारण नेपालको राजस्वमा वृद्धि हुन नसकेको बताउनभुयो । पूर्व मन्त्री बस्नेतले कर तिर्नुपर्छ भन्ने चेतनाको विकास नहुँदा र नियमनकारी निकाय फितलो हुँदा कर छलि भईरहेको भन्दै यसले गर्दा देशको अर्थतन्त्र समेत कमजोर बन्दै गएको व्यक्त गर्नुभयो । सकारात्मक सोँचको अभियान चलाउनुपर्ने भन्दै करको दायरामा जान पूर्व मन्त्री बस्नेतले जोड दिनुभयो । आम्दानीको स्रोत घट्नु राजस्व संकलन कम हुनुलगायत विविध कारणले देशको अर्थतन्त्र कमजोर बन्दै गईरहेको भन्दै पुँजीगत खर्च कम हुँदा समेत विकास हुन नसकेको उहाँको भनाई छ ।
    महोत्सव समुद्घाटनका अवसरमा यहाँका विभिन्न आमा समूह, टोल समुह,जातीय तथा धार्मिक संघसंगठनहरुले आ–आफ्ना भेषभुषा र झाँकी सहितको ¥यालीले वालिङ  बजार परिक्रममा गरी कार्यक्रम स्थल प्रवेश गरेको थियो ।
    महोत्सव उद्घाटनका दिन राष्ट्रिय कलाकार पशुपति शर्मा, राजु गुरुङ, नेत्र खड्का, कमला गैरे, जगत गौंडेलको साङ्गितिक प्रस्तुतिले दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।
    यस्तै महोत्सवको दोस्रो दिन १९ गते शुक्रबार राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, घनश्याम रिजाल, कृष्ण सुवेदी, अर्जुन थापा, ज्योति लोहोनी, नेत्र गुरुङ, कमला गैरे, नेत्र खड्का, राजेश भण्डारी, जगत गौंडेल र सुगम संगीतका सञ्जिव सिं रानाको विशेष प्रस्तुति रहने कलाकार संयोजन उपसमितिका सचिव पिताम्वर खनाल ( शुसिल ) ले जानकारी दिनुभयो ।
    यसैगरी लोक भजनगीत प्रतियोगिता, रत्यौलीगीत प्रतियोगिता, स्याङ्जा डान्स आइडल सिजन थ्रीलगायतका प्रतियोगिताहरु सुरु हुनेछन् भने साथमा विद्यालय स्तरीय नृत्य प्रदर्शन रहने छ ।
    महोत्सवमा विविध प्रतियोगितात्मक कार्यक्रमहरुकोसाथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहने छन् ।बिहीबारबाट सुरु भएको महोत्सव माघ २८ गतेसम्म सञ्चालन हुने छ । तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने र करीव दश करोडको आर्थिक कारोबार हुने लक्ष्य रहेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

    शुक्रवार, माघ १९ २०८००६:४३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend