Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

प्रेस चौतारी स्याङ्जाद्वारा वृद्ध आमाहरुलाई न्यानो कपडा 

प्रेस चौतारी स्याङ्जाद्वारा वृद्ध आमाहरुलाई न्यानो कपडा 

  • PNN Times
  • सोमवार, माघ २२ २०८०


  • प्रेस चौतारी स्याङ्जाद्वारा वृद्ध आमाहरुलाई न्यानो कपडा 

    प्रेस चौतारी नेपाल स्याङ्जाले वृद्ध आमाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।,चौतारीको २६ औं स्थापना दिवसका अवसरमा आज सोमबार वृद्ध आमाहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
    आठौं वालिङ महोत्सवमा सहभागी दर्शक दीर्घामध्येबाट ८० वर्ष नाघेका  ५ जना आमा र एक जना फरक क्षमता भएका व्यक्तिलाई ब्लाङकेट प्रदान गरिएको प्रेस चौतारी स्याङ्जा शाखाले जनाएको छ ।  महोत्सव स्थलमा ब्लाङ्केट प्रदान गरिएको हो ।
    जाडो समयमा पत्रकारद्वारा वृद्ध आमाहरुको सम्मान स्वरुप न्यानो प्रदान गर्ने ब्लाङ्केट प्रदान गरिएको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हिमलाल पराजुलीले बताउनुभयो ।  
    वालिङ ८ कि ८७ वर्षीय छलिसरा सुवेदी, ८६ वर्षीय पवित्रा सुवेदी, ८५ वर्षीय गंगा पराजुली, ११ कि ८० वर्षीय गंगा कुमारी थापा, ख्याम कुमारी थापाकोसाथमा  फरक क्षमता भएका वालिङ ९ का आत्माराम पाठकलाई एक÷एक थान ब्लाङकेट प्रदान गरिएको हो । यसकासाथै महोत्सवमा राम्रो नृत्य गर्ने दर्शकहरुमध्येका दुईजनालाई उपहार प्रदान गरिएको छ ।
    गत वर्ष दुर्घटना निराकरण गर्न स्लो मोटरसाईकल रेस प्रतियोगिता गरेको स्याङ्जा शाखाले यस वर्ष न्यानो कपडा स्वरुप ब्लाङकेट  वितरण गरेको हो । ८० काटेका वृद्धहरुसँग संचारकर्मी भन्ने उद्देश्य यो कार्यक्रम आयोजना गरिएको जिल्ला अध्यक्ष सुशील सुवेदीले बताउनुभयो ।
    प्रेस चौतारी नेपालको स्थापना २०५४ साल माघ २२ गते भएको थियो । पत्रकारहरुको हक हितमा काम गर्दै आएको यस संस्थामा आवद्ध देशभरका शाखाहरुले बिभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाएका छन् ।  

    सोमवार, माघ २२ २०८००८:४३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend