Logo

आइतवार, कार्तिक २ गते २०८३

images

हरेक नेपाली नागरिक नागरिकता विहिन हुनुपर्दैन–सिडियो नेपाल 

हरेक नेपाली नागरिक नागरिकता विहिन हुनुपर्दैन–सिडियो नेपाल 

  • सन्देश भण्डारी
  • सोमवार, माघ २९ २०८०


  • हरेक नेपाली नागरिक नागरिकता विहिन हुनुपर्दैन–सिडियो नेपाल 

    माघ २९,वालिङ ।
    स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले नेपाली नागरिक नागरिकता विहिन नहुने बताउनुभएको छ । सोमबार वालिङ नगरपालिकामा आयोजित जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेपालले नेपाली पहिचान खुल्ने कागजात भए नागरिकताबाट बञ्चित हुन नपर्ने बताउनुभएको हो ।
    उहाँले पालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले व्यक्तिगत घटना दर्ता गर्दा संयमता अपनाउन पनि आग्रह गर्नुभयो । ‘घटना दर्ता वैयक्तिक पक्षसँग सम्बन्ध राख्दछ ,व्यक्तिको जीवन,आय आर्जन लगायतका विषयसँग जोडिएको हुँदा व्यावहारिकतामा समेत घटना दर्ता गर्नुपर्छ ।’ अधिकारी नेपालले भन्नुभयो–‘संयमता अपनाएर नागरिकलाई नागरिकताको प्रमाणपत्रको सिफारिस गर्नुहुन अनुरोध गर्दछु ।’अधिकारी नेपालले आमाबाबु नै नभएका बालबालिकाको लागि पनि संरक्षक खोजेर भएपनि जन्मदर्ता गर्न अनुरोध गर्नुभयो ।

    IMG_0669.JPG
    कतिपय नागरिकहरु कानुनको अज्ञानताको कारण नागरिकताको सिफारिस लिन कहाँ जाने भन्ने समेत जानकारी नहुने उल्लेख गर्दै उनीहरुको समस्यालाई ख्याल राख्दै कानुनको दायरामा रही घटना दर्ता तथा आवश्यक सिफारिस गर्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिकाको व्यवस्थापनमा आयोजित अन्तरक्रिया कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले जनप्रतिनिधि र कर्मचारी एक आपसमा समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारी र जनप्रतिनिधि दुवैले नागरिकको सेवा गर्ने भएकाले दुवैले नागरिकका भावना बुझेर काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    images

    IMG_0614.JPG
    नगरप्रमुख खाँणले जिल्ला प्रशासन कार्यालयले विपद्को जोखिममा परेको नागरिकलाई राज्यले दिनुपर्ने राहत उपलब्ध नभएकोले उक्त विषयमा तत्काल निर्णय गरी टुङ्गो लगाइदिन आग्रह गर्नुभयो ।
    कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह«ेले आफ्नो क्षेत्राधिकार प्रयोग गरी काम गरे समस्या नआउने बताउनुभयो । उहाँले कानुनको परिधिमा रहेर नागरिकको काम गर्दा समस्या नआउने उल्लेख गर्नुभयो ।
    अन्तरक्रिया कार्यक्रममा वालिङ नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुले नागरिकता,विवाह दर्ता,जन्मदर्ता,पेन्सनरहरुका समस्या, शैक्षिक प्रमाणपत्रमा फरक नामथर सच्याउने  लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

    IMG_0668.JPG

    सोमवार, माघ २९ २०८००६:११:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend