Logo

शनिवार, कार्तिक १ गते २०८३

images

चापाकोटमा स्वर्गीय सन्तोष थापा स्मृतिकप २०८० हुने, पहिलो पटक राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने

चापाकोटमा स्वर्गीय सन्तोष थापा स्मृतिकप २०८० हुने, पहिलो पटक राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने

  • गोपाल जिटी
  • आइतवार, फाल्गुण ६ २०८०


  • चापाकोटमा स्वर्गीय सन्तोष थापा स्मृतिकप २०८० हुने, पहिलो पटक राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने

    फागुन ६, वालिङ
         स्याङ्जाको चापाकोटमा स्वर्गीय सन्तोष थापा स्मृतिकप २०८० हुनेभएको छ । दोस्रो चापाकोट महोत्सवमा राष्ट्रिय खेलाडीहरुको सहभागितामा स्वर्गीय सन्तोष थापा स्मृतिकप भलिबल प्रतियोगिता २०८० को आयोजना गरिएको खेल संयोजक राजन दर्लामीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएको हो । यही फागुन ८ गते सुरु हुने भलिबल प्रतियोगिता १३ गते सम्पन्न गरिने गण्डकी प्रदेश खेलाडीसमेत रहनुभएका दर्लामीले  बताउनुभयो । 
    प््रतियागितामा गण्डकी र लुम्विनी प्रदेशका गरी १२ टीमको सहभागिता रहने आयोजकको अनुमान छ भने ८ गतेको उद्घाटन खेल पाल्पा र पर्वतकाबीच हुने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टीमले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । यसैगरी बेष्ट प्लेयरलाई ५ हजार र अन्य बिभिन्न ६ वटा विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार नगदसहित ट्रफीले पुरस्कृत गरिने छ ।
         चापाकोट नगरपालिका वडा नम्वर २ धुर्कोटका स्वर्गीय थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । स्वर्गीय थापाको मृत्यु भएको ४५ दिन पुगेको अवसर पारेर खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । स्वर्गीय थापा गण्डकी प्रदेशकै होनहार भलिबल खेलाडी थिए । स्वर्गीय थापाको स्मृतिमा हुने प्रतियोगितामा चापाकोटमै पहिलो पटक राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने छ ।
         प्रतियोगी टीमलाई खाने र बस्ने सुविधा रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि १७ लाख खर्च हुने आयोजकको अनुमान छ । यसका लागि चापाकोट उद्योग वाणिज्य संघले ४ लाख र नगरपाालिकाले ५० हजार सहयोग गरेको आयोजकले जनाएको छ । नपुग खर्चको लागि स्थानीय संघ संस्था एवम् व्यक्तिगत सहयोगबाट पूरा गरिने चापाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष मिलन राना पुरनले बताउनुभयो ।

    आइतवार, फाल्गुण ६ २०८००७:१६:०३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend