Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्व.सन्तोष थापा स्मृति कप २०८० को प्रतिस्पर्धामा स्याङ्जा फाइनल प्रवेश

स्व.सन्तोष थापा स्मृति कप २०८० को प्रतिस्पर्धामा स्याङ्जा फाइनल प्रवेश

  • गोपाल जिटी
  • शनिवार, फाल्गुण १२ २०८०


  • स्व.सन्तोष थापा स्मृति कप २०८० को प्रतिस्पर्धामा स्याङ्जा फाइनल प्रवेश

    गोपाल जिटी
    फागुन १२, वालिङ
       स्याङ्जाको चापाकोटमा सञ्चालित स्वर्गीय सन्तोष थापा स्मृतिकप २०८० मा स्याङ्जा फाइनल प्रवेश गरेको छ । आज भएको नवलपुरसँगको सेमिफाइनल खेलमा जीत निकाल्दै स्याङ्जाले फाइनल प्रवेश गरेको हो । 
    सुरुको दुइ सेट नवलपुरले हात पारेको थियो । सुरुका खेलमा फितलो रहेको स्याङ्जाले तेस्रो सेटबाट आँफूलाई लयमा फर्काएको हो । अन्ततः त्यसपछिका तिनै सेट हत्याउन सफल रह्यो । तेस्रो सेट पछिका खेलमा दुवै टीम प्रतिस्पर्धात्मकरुपमा उत्रिएका थिए । योसँगै स्याङ्जा फाइनलको यात्रा पक्का गरेको हो ।
         अहिले वाग्लुङ र पर्वतबीचको सेमिफाइनलको खेल चलिरहेको छ । यी दुईको प्रतिस्पर्धाबाट विजेता टीमसँग भोलि आइतबार स्याङ्जाको फाइनलमा भिडन्त हुने छ ।
         प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टीमले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । यसैगरी बेष्ट प्लेयरलाई ५ हजार र अन्य बिभिन्न ६ वटा विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार नगदसहित ट्रफीले पुरस्कृत गरिने छ ।
        चापाकोट नगरपालिका वडा नम्वर २ धुर्कोटका स्वर्गीय सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । स्व. थापाको मृत्यु भएको ४५ दिन पुगेको अवसर पारेर खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । स्वर्गीय थापा गण्डकी प्रदेशकै एक होनहार भलिबल खेलाडी थिए ।FB_IMG_1707899842838 (1).jpg

    शनिवार, फाल्गुण १२ २०८००३:३३:०४

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend