Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामपुर नगरपालिकाद्वारा खेलाडी सम्मान

रामपुर नगरपालिकाद्वारा खेलाडी सम्मान

  • PNN Times
  • शुक्रवार, फाल्गुण २५ २०८०


  • रामपुर नगरपालिकाद्वारा खेलाडी  सम्मान

    फागुन २५, वालिङ
        लुम्बिनी प्रदेशको महिला भलिबल टिमलाई रामपुर नगरपालिकाले नगद सहित सम्मान गरेको छ । रामपुरमा सम्पन्न प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल टिमलाई प्रोत्साहनस्वरुप बिहीबार  सम्मान गरिएको हो ।
         एक सय १४ औं अन्तर्राष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा बिहिबार खेलाडी तथा अफिसियललाई नगद एक हजार पाँच सय रुपैयाँ र सम्मान पत्रसहित सम्मान गरेको हो । Rr.jpg     सम्मान कार्यक्रममा बोल्ःदै नगर प्रमुख रमण बहादुर थापाले भलिबलको प्रवद्र्धनका लागि आगामी वर्ष भलिबल स्टेडियम निर्माण गरिने बताउनुभयो । यसका लागि एक करोड विनियोजन गरिने जानकारी गराउनुभयो । नगरभित्र दुई वटा कवर्डहल निर्माण भैरहेको उल्लेख गर्दै नगर प्रमुख थापाले भलिबलको प्रवद्र्धनका लागि आगामी वर्ष भलिबल स्टेडियम निर्माणलाई अगाडि बढाइने व्यक्त गर्नुभयो । उहाँले क्षेत्रीय स्तरको रङ्गशाला निर्माणको लागि डिपीआर तयार गरिए पनि लागत धेरै लाग्ने भएकाले स्थानीय तहबाट मात्र सम्भव नभएको औंल्याउनुभयो । राज्यको तर्फबाट खेलप्रति अझै लगानी हुन नसकेको उहाँको भनाई छ । उहाँले लुम्बिनी कप भलिबल प्रतियोगिताले नगरलाई थप चिनाउन सहयोग गरेको बताउनुभयो ।O.jpg     कार्यक्रममा नगर उपप्रमुख बालकुमारी थापाले खेल क्षेत्रको उत्थानमा महिला खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले खेलाडीहरुलाई थप हौसला प्रदान गर्न कार्यक्रम गरिएको जानकारी दिनुभयो । विगतको तुलनामा महिलाले धेरै प्रगति गरेको बताउनुभयो । 

    शुक्रवार, फाल्गुण २५ २०८००९:२९:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend