असोज २८, स्याङ्जा । दशैँ घरघरमै मनाउँन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुरोध गरेको छ । चाडपर्व नजिकिँदै गर्दा चाडपर्वको बहानामा जिल्ला प्रवेश गर्नेे भन्दै बुधबार जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै उच्च जोखिम भएका स्थानहरुबाट जिल्ला प्रवेश गर्दा ७२ घण्टाभित्रको पिसिआर रिर्पोट साथमा हुनुपर्ने जनाएको छ ।
कार्तिक १ गतेबाट रिर्पोट नहुँनेहरु अनिवार्य तोकिएको क्वारेन्टाईनमा बस्नुपर्नेछ । प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतद्धारा जारी आदेशमा भिडभाड तथा भेला नगर्न अनुरोध गरीएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस अहिले समुदायस्तरमा समेत फैलिसकेको अवस्थामा चाडपर्वका बेला थप जोखिम हुँने भन्दै प्रशासनले विभिन्न कार्यहरु निषेध गरेको छ ।
मंगलबार बसेको सर्वपक्षीय बैठकले बुधबार राति १२ बजेबाट लागु हुने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ र संक्रामक रोग ऐन २०२० को दफा ३ र ४ बमोजिम अधिकार प्रयोग गरी विभिन्न निषेध गरेको हो । शैक्षिक संस्था, तालिम गोष्ठी, पार्टी प्यालेस, हाटबजार, सिनेमाहल, डान्सबारलगायतका मनोरञ्जन स्थल र सामुहिक रुपमा खेलिने खेलकुद, राजनितिक, सामाजिक तथा धार्मिक रुपमा गरिने भेला निषेध गरिएको छ ।
विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार शिक्षण क्रियाकलाप गर्न, सार्वजानिक यातायात सञ्चालन अनुसार सवारी सञ्चालन गर्न आग्रह गरिएको छ भने स्वास्थ्य सुरक्षा मापदण्ड विपरित व्यवसाय सञ्चालन र निर्माण जस्ता कार्यका लागी श्रमीक, कामदार ओसारपसार नगर्न आग्रह गरिएको छ ।
अत्यावश्यक कामका लागी घरबाहिर जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, स्यानीटाईजर प्रयोग गर्न, दुई मिटरको भौतिक दुरी कायम गर्न, पटक पटक साबुनपानीले हात धुन आग्रह गरिएको छ ।
सरकारी तथा गैह्रसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु सञ्चालकको हकमा सामाजिक दुरी कायम गरी भिडभाड नहुने तरीकाले गर्न, नियामक निकाय यसका छाटा संघसंगठनहरुले मातहतका निकाय कार्यालयहरुमा मापदण्ड पालना गरेनगरेको अनुगनम गर्न समेत भनेको छ ।