Logo

शनिवार, कार्तिक १ गते २०८३

images

छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा प्रभावकारी बन्दै

छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा प्रभावकारी बन्दै

  • सन्देश भण्डारी
  • बिहिवार, बैशाख १३ २०८१


  • छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा प्रभावकारी बन्दै

    वैशाख १३, वालिङ
    स्याङ्जाको वालिङ नगरपालिकाले छोरी जन्माउनेलाई गर्दै आएको निःशुल्क स्वास्थ्य बीमा प्रभावकारी बनेको छ । नगरपालिकाले यो आर्थिक वर्षदेखि छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमाको सुरु गरेको हो । अहिलेसम्म ३ सय भन्दा बढीले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा सहभागिता जनाएका नगरपालिकाले जनाएको छ ।
    छोरीहरुलाई समाजले दोस्रो दर्जाकारुपमा हेर्ने गरेको अवस्थामा नगरपालिकाले उक्त कार्यक्रम लागु गरेको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । छोरीहरुलाई  प्रोत्साहन गर्नुपर्ने नगर प्रमुख खाँणले उल्लेख गर्नुभयो । आधा हिस्सा ओगटेका नारीहरुको सम्मानका साथै उनीहरुको मनोबल उच्च राख्न आवस्यक छ । जहाँ नारीको सम्मान हुन्छ, त्यो समाज सुसंस्कृत र समुन्नत हुने उहाँले औंल्याउनुभयो । उहाँले भन्नुभयो, “घर र समाजमा नारीहरुको महत्वपूर्ण भूमिका रहँदा रहँदै पनि समानरुपमा सम्मान दिन सकिएको छैन ।” यसमा टेवा पुगोस भन्ने नगरपालिकाको उद्देश्य रहेको नगर प्रमुख खाँणले बताउनुभयो ।
    यसैगरी नगर उपप्रमुख कविता तिवारी गैह«ेले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले नारी उत्थानमा भूमिका खेल्ने बताउनुभयो । उहाँले नगरबासी आमा दिदी बहिनीले यो कार्यक्रममा सहभागी भई लाभ लिन आग्रह गर्नुभयो । नागरिकको स्वास्थ्य ठूलो कुरा भएको उल्लेख गर्दै नगर उप प्रमुख तिवारीले नारी सम्मानसँगै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागु गरिएको बताउनुभयो ।
    यो कार्यक्रममा सहभागी हुनेको परिवारले समेत लाभान्वित हुन सक्नेछन् ।

    बिहिवार, बैशाख १३ २०८१०७:०२:१४

    सन्देश भण्डारी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend