वैशाख १७, वालिङ
स्याङ्जाको वालिङमा धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
आइतबार अन्दाजी ९ः४५ बजेको समयमा वालिङ नगरपालिका १३ स्थित बायँटारीमा धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
बायांटारी स्थित मुक्ति सारूको घरमा डेरा गरी बस्ने दाङको राप्ती गाउँपालिका वडा नं.–०३ का ३५ का निमबहादुर घर्तीमगरले सोहीघरमा डेरा गरी बस्ने २० वर्षीय आयुष चौधरीलाई चक्कु प्रहार गरी घाईते बनाएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक इन्द्रबहादुरा रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार घाइते चोधरीलाई गह«ौंकालिका अस्पताला वालिङले मृत घोषणा गरेको हो ।
पक्राउ परेका युवकको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।