Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख लुटियो

जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख लुटियो

  • PNN Times
  • सोमवार, बैशाख २४ २०८१


  • २४ वैशाख, जनकपुरधाम । हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् ।

    शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ ।

    images

    महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् ।

    महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै थिए । घटनाका विषयमा अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ । 

    सोमवार, बैशाख २४ २०८१०२:२३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend