Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जामा २२ जनामा कोरोना पुष्टी

स्याङ्जामा २२ जनामा कोरोना पुष्टी

  • PNN Times
  • शनिवार, कार्तिक १ २०७७


  • कार्तिक ०१, स्याङ्जा  । स्याङ्जामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय, पोखरामा गरिएको स्वाब परीक्षणको क्रममा उनीहरुको पिसिआर रिपोर्टको नतीजा पोजिटिभ आएको हो । संक्रमित मध्ये चापाकोटका  ९  र गल्याङका १३ जना रहेका छन् ।

    गल्याङमा कोरोना संक्रमण पुष्टी हुनेमा सुरक्षा निकायका, मेडिकल सञ्चालक, व्यापारी, सवारीचालक र एक जना क्वारेण्टाइनमा बस्नेलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

    उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र गल्याङ नगरपालिकाकै आइसोलेसनमा राखिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

    यसैवीच, गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कोरोना संक्रमणबाट बच्न थप साबधानी अपनाउन आग्रह गर्नुभएको छ ।

    नगरपालिका भित्र कोरोना संक्रमण फैलन क्रममा रहेको भन्दै उहाँले थप सजगता अपनाउन आग्रह गर्नुभयो ।

    शनिवार, कार्तिक १ २०७७०८:१३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend