Logo

शनिवार, कार्तिक १ गते २०८३

images

३ हजार ९३ जनामा कोरोना सङ्क्रमण

३ हजार ९३ जनामा कोरोना सङ्क्रमण

  • PNN Times
  • मंगलवार, कार्तिक ४ २०७७


  • कार्तिक ४, काठमाण्डौ ।  नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ३९ हजार एक सय २९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार तीन हजार ९३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये काठमाण्डौ उपत्यकामा मात्र एक हजार सात सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
    मन्त्रालयका अनुसार मङ्गलबार काठमाण्डौमा एक हजार चार सय ३१, ललितपुरमा एक सय २३ र भक्तपुरमा एक सय ४८ जनामा सङ्क्रमण भेटिएको हो ।  १३ हजार आठ सय ६१ जनाको नमुना परीक्षण गरिएकोमा  मङ्गलबार तीन हजार ९३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै दुई हजार एक सय आठ जना निको भएर फर्किएका छन् । यो सँगै डिस्चार्ज हुनेको सङ्ख्या ९६ हजार ६ सय नौ पुगेको छ । 
     
    अब नेपालमा ४१ हजार सात सय ५५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय २० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।  यसैगरी थप आठ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ६५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

    मंगलवार, कार्तिक ४ २०७७०८:३८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend