Logo

आइतवार, कार्तिक २ गते २०८३

images

आँधिखोला किनारमा छाङ्छाङ्दीका सुरेश श्रेष्ठ मृत अवस्थामा भेटिए

आँधिखोला किनारमा छाङ्छाङ्दीका सुरेश श्रेष्ठ मृत अवस्थामा भेटिए

  • गोपाल जिटी
  • सोमवार, आषाढ २५ २०८१


  • आँधिखोला किनारमा छाङ्छाङ्दीका सुरेश श्रेष्ठ मृत अवस्थामा भेटिए

    असार २४, वालिङ
    स्याङ्जाको भीरकोट नगरपालिका ४, छाङछाङ्दीका सुरेश श्रेष्ठ आँधिखोलाको किनारमा मृत अवस्थामा भेटिएका छन् । पुतलीबजार नगरपालिका १३ मा पर्ने आँधिखोला किनारको गैह«ी सागरमा सोमबार दिउसो श्रेष्ठ मृत अवस्थामा भेटिएका हुन् । 

    बगालथोक नजिकै आँधिखोलाको किनार गैह«ी सागरमा भीरकोट नगरपालिका ४, छाङ्छाङ्दी बस्ने ४० वर्षीय सुरेश श्रेष्ठ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको हो । मृत अवस्थामा भेटिएका श्रेष्ठ भीरकोट नगरपालिका ४, छाङ्छाङ्दी बस्ने ४० वर्षीय सुरेश श्रेष्ठ रहेको प्रहरी नायव निरीक्षक एवम् सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभएको हो ।
    प्रदेश ३—०२००९ प.०१९३ नम्वरको स्कुटरमा पुतलीबजार ३ स्थित आफन्तलाई भेट्न गएका श्रेष्ठ आइतबार बेलुकादेखि सम्पर्क विहिन भएका थिए । प्रहरी र नेपाली सेना एवम् स्थानीयहरुले संयुक्त खोज तलास गर्नेक्रममा उनी  आँधिखोलाको किनार गैह«ी सागरमा मृत भेटिएका हुन् । श्रेष्ठ चढेको स्कुटर गैह«ी सागरदेखि ४ किलोमिटर माथि आँधिखोलाको किनारमा फेला परेको र स्कुटर पूर्ण क्षति भएको अवस्थामा भेटिएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    images

    सोमवार, आषाढ २५ २०८१०६:३६:४०

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend