Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

सुन्दरतासँगै पर्यावरण जोगाउन वालिङका युवाहरुद्वारा वृक्षारोपण

सुन्दरतासँगै पर्यावरण जोगाउन वालिङका युवाहरुद्वारा वृक्षारोपण

  • गोपाल जिटी
  • शनिवार, आषाढ ३० २०८१


  • सुन्दरतासँगै पर्यावरण जोगाउन वालिङका युवाहरुद्वारा वृक्षारोपण

    असार २९, स्याङ्जा
    स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको वालिङ नगरमा सुन्दरतासँगै पर्यावरण जोगाउन युवाहरु वृक्षारोपणमा जुटेका छन् । वालिङ ८ का युवाहरुले सुन्दरता र पर्यावरण जोगाइराख्नका लागि भनेर आज शनिबार वृक्षारोपणमा जुटेका हुन् । नवप्रभात युवा क्लव ८ नम्बर वडाका युवाहरुद्वारा डुम्रिबोटदेखि पूर्व भित्री सडकको दायाँ बायाँ नेपाल आदर्श विद्यालयसम्म वृक्षारोपण अगाडि बढाइएको छ । युवाहरुद्वारा अशोका, गुलमोहर, कपुर, दालचिनी, टिमूरलगायतका बिरुवा रोपण गरिएको हो । आज शनिबार विदाको दिनको उपयोग गर्दै आयोजक क्लवका युवाहरुको अगुवाईमा ढावखोला क्षेत्रका युवा एवम् समाजसेवीहरुको सहभागितामा बिरुवा लगाउने काम सुरु गरिएको हो ।B.jpg
    वालिङ नगरलाई सुन्दरतासँगै पर्यावरण जोगाइराख्नका लागि वृक्षारोपण गरिएको आयोजक नवप्रभात युवा क्लवका अध्यक्ष जीवलाल काफ्लेले जानकारी गराउनुभयो । सिद्धार्थ राजमार्गसँग जोडिएको ८ नम्वर वडाको डुम्रिबोटदेखि पूर्व भित्री सडक क्षेत्रमा वृक्षारोपण गरिने अध्यक्ष काफ्लेले बताउनुभयो । अध्यक्ष काफ्लेका अनुसार यो सडकको दायाँ बायाँ १ हजार दुई सय बिरुवा लगाइने छ । यसैगरी नजिकै सशस्त्र प्रहरी क्याम्प जाने बाटोमा पर्ने श्रवणकुमार पार्कमा ८ सय बिरुवा रोपण गरिने छ । योसँगै यो वर्ष बिभिन्न जातका गरी दुई हजार बिरुवा लगाइने क्लवले जनाएको छ ।
    डिभिजन वन कार्यालय स्याङ्जाले वृक्षारोपणका लागि बिरुवा उपलव्ध गराएको हो । वृक्षारोपण कार्यक्रमका लागि ८ नम्वर वडाले समन्वय गरेको छ भने वालिङ प्रोडक्ट होल्डिङले गड्यौले मल उपलव्ध गराएको छ । रोपण गरिएका बिरुवाको संरक्षणका लागि नेपाल आदर्श आवासीय माध्यमिक विद्यालयले तारजालीको व्यवस्थापन गर्ने क्लवका सचिव सुदन सुवेदीले बताउनुभयो ।B2.jpg

    शनिवार, आषाढ ३० २०८१०३:१८:४२

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend