पर्वत । पर्वतको पैयूँमा पहिरोले गोठ बगाएको छ । पैयूँ गाउँपालिका वडा नम्बर -६ साधनेमा बुधवार बिहानै आएको पहिरोले स्थानीय कमानसिंह रानाको गोठ बगाएको हो ।
पहिरोले गोठमा रहेका दुई गोरू र एक रागाँ पुरेको वडा नम्बर ६ का वडा अध्यक्ष गंगा अधिकारीले जानकारी दिनुभयो ।
बिहान करिब ५ बजे पहिरो आएको पहिरोले गोठ सहित गोरू र राँगा पुरेको वडा अध्यक्ष अधिकारीले बताउनु भयो ।