Logo

आइतवार, कार्तिक २ गते २०८३

images

मिलन समीरको मुक्तक सङ्ग्रह विमोचन

मिलन समीरको मुक्तक सङ्ग्रह विमोचन

  • गोपाल जिटी
  • शनिवार, श्रावण ५ २०८१


  • मिलन समीरको मुक्तक सङ्ग्रह विमोचन

    साउन ४, वालिङ

    वालिङमा युवा साहित्यकार मिलन समीरको नयाँ कृति “मिलन मन्त्र” विमोचन गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला अन्तर्गत “समीर साँझ २०८१” मा समीरको तेस्रो एकल मुक्तक वाचन मिलनमँन्त्र विमोचन तथा विमर्श गरिएको हो । आज विमोचित मिलनमन्त्र समीरको मुक्तक विधाको पहिलो कृति हो । युवा साहित्यकार समीरको यो चौथो कृति हो भने मुक्तक विधाको पहिलो हो । समीरले आफ्नो जन्मदिनकासाथै ४२ औं विपी स्मृति दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गर्नुभएको हो ।

    समीरको मुक्तक सङ्ग्रह विमोचन गर्दै वरिष्ठ साहित्यकार देवीप्रसाद वनबासीले हाम्रो जीवन बोल्ने बताउनुभयो । जीवनका भोगाईसँगै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले साहित्यलाई समाजको ऐना भनिएको वरिष्ठ साहित्यकार वनबासीले औंल्याउनुभयो । समाजका विकृति विङ्गति विरुद्ध बोल्नुकासाथै राष्ट्रिय राजनीतिलाईसमेत व्यङ्ग्यात्मक झटारो हानेर लयमा ल्याउने सन्देश दिने भएकाले साहित्य लेखनमा लाग्न आवश्यक रहेको उहाँको भनाई छ ।

    कार्यक्रममा साहित्यकार यामप्रकाश खनालले कृति माथि समिक्षात्मक टिप्पणी गर्नुभएको थियो । शिक्षण पेशासँगै साहित्य लेखनलाई निरन्तरता दिदै आउनु भएका समीरको मिलन मन्त्र सरल र पठनीय कृति रहेको बताउनुभयो । नेपाली साहित्यमा समीरको मुक्तक सङ्ग्रहले इटा थप्ने काम गरेको टिप्पणीकार खनालले उल्लेख गर्नुभयो ।B1.jpg

    कार्यक्रममा कृतिकार समीरको मुक्तक वाचनले साहित्य अनुरागीहरुलाई मन्त्रमुग्ध पार्नुकासाथै रोचकता प्रदान गरेको थियो । यसैगरी कार्यक्रममा सहभागीहरुमध्ये एक दर्जन बढीले आ—आफ्ना रचना वाचन गरेका थिए ।

    शनिवार, श्रावण ५ २०८१०६:४६:१३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend