Logo

आइतवार, कार्तिक २ गते २०८३

images

रामपुर नगरपालिकाद्वारा कर्मचारीहरुलाई अभिमुखीकरण प्रदान

रामपुर नगरपालिकाद्वारा कर्मचारीहरुलाई अभिमुखीकरण प्रदान

  • PNN Times
  • बुधवार, श्रावण ९ २०८१


  • रामपुर नगरपालिकाद्वारा कर्मचारीहरुलाई अभिमुखीकरण प्रदान

    साउन ९, पाल्पा
    पाल्पाको रामपुर नगरपालिकाले सेवा करारमा कार्यरत कर्मचारीहरुको लागि अभिमुखीकरण प्रदान गरेको छ । करारमा कार्यरत कर्मचारीलाई थप जिम्मेवार बनाइनुकासाथै उनीहरुको समस्या पहिचान गरी सम्बोधन गर्ने उद्देश्यले नगरपालिकाले अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
    कार्यक्रममा कर्मचारीहरुले राखेका प्रश्न तथा जिज्ञासा बारे प्रष्ट पार्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सबै तहका कर्मचारीलाई भेदभाव नगरी नगरपालिकाले समान व्यवहार गर्दै आएको बताउनुभयो । नगरलाई वर्तमान अवस्थासम्म ल्याउनका लागि कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै नगर प्रमुख थापाले नगरको स्रोत र साधनले भ्याएसम्म सेवा सुविधामा विशेष ध्यान दिदै आएको बताउनुभयो । नगरपालिकाले गत वर्षदेखि कर्मचारी कल्याणकारी कोष स्थापना गरेको जानकारी दिदै कार्य सम्पादनका आधारमा कर्मचारीको वृति विकासमा थप व्यवस्था गरिने उल्लेख गर्नुभयो । उहाँले कर्मचारी र जनप्रतिनिधिको परीक्षा सधैं हुने भएकाले जिम्म्मेवार भएर अघि बढ्न आग्रह गर्नुभयो । नगरको विकास र कार्यसम्पादनको मुख्य मेरुदण्ड कर्मचारीहरु रहेको बताउँदै जनताको सेवामा समर्पित भएर अघि बढ्न सुझाव दिनुभयो ।
    यसैगरी नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले कर्मचारीहरुलाई आचारसंहिता पूर्णरुपमा पालना गर्दै अघि बढ्न अनुरोध गर्नुभयो । उहाँले कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो । रामपुर निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलले अधिकारको कुरा गर्दै गर्दा कर्तव्यलाई भुल्न नहुने बताउनुभयो । नगरपालिकामा कार्यरत कर्मचारी मध्ये ६६ प्रतिशत करार सेवाका कर्मचारी रहेको बताउँदै स्वमूल्याङ्कन गरेर कार्यसम्पादन गर्न अनुरोध गर्नुभयो ।
    यसैबीच नगरपालिकामा करार कर्मचारी मञ्च गठन गरिएको छ । मङ्गलबार बसेको कर्मचारीहरुको भेलाले कृष्ण बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

    बुधवार, श्रावण ९ २०८१०८:२२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend