Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

पैयूँ गाउपालिकाको प्रशासनिक भवन समुद्घाटन

पैयूँ गाउपालिकाको प्रशासनिक भवन समुद्घाटन

  • गोपाल जिटी
  • शनिवार, श्रावण २६ २०८१


  • पैयूँ गाउपालिकाको प्रशासनिक भवन समुद्घाटन

    साउन २६, वालिङ
    पर्वतको पैयूँ गाउँपालिका गाउँ कार्यपालिकाको नवनिर्मित भवन समुद्घाटन भएको छ । गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले विशेष कार्यक्रमकाबीच शुक्रबार नवनिर्मित भवनको समुद्घाटन गर्नुभएको हो ।
    नवनिर्मित भवनको समुद्घाटन गर्दै अध्यक्ष ठकुरीले हामी सबैको प्रयासबाट गाउँपालिकाले आफ्नो प्रशासनिक भवन बनाउन सफल भएको बताउनुभयो । आफ्नो पालिकाको प्रशासनिक भवनका लागि जग्गा प्रदान गरेर महान कार्य गर्नुभएकोमा जग्गादाताहरुलाई धन्यवादसहित अध्यक्ष ठकुरीले आभार व्यक्त गर्नुभयो । योसँगै अब पैयूँ गाउँपालिकाले आइतबारदेखि आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्ने पनि उहाँले जानकारी गराउनुभयो ।
    सीमित स्रोत र साधनका बावजुद पनि पालिकावासीको सेवा आँफूहरुको सधैं प्राथमिकतामा रहने अध्यक्ष ठकुरीले बताउनुभयो । विभिन्न राजनीतिक पार्टी, संगठित संघ संस्था एवम् पालिकावासीको साथ सहयोग र मायाँले आज गाउँ कार्यपालिका अगाडि बढिरहेकाले तपाईंहरुको सेवा नै पहिलो प्राथमिकता रहने उहाँको भनाई छ ।
    कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाले स्वागतसहित गाउँपालिकाका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । करिव १३ रोपनी क्षेत्रफलमा प्रशासनिक भवन निर्माण गरिएको छ ।
    कार्यक्रमका अवसरमा गाउँ कार्यपालिकाको प्रशासनिक भवन बनाउनका लागि जग्गा प्रदान गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । यसैगरी पालिकाबासीहरुले विभिन्न झाँकीसहितको ¥याली गर्दै नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उत्साहकासाथ उपस्थित भएका थिए । स्थानीय हुवास बजारबासी तथा पालिकामा स्थित आमा समूह, क्लव एवम् विभिन्न संघ संस्थाहरुले बाजागाजाकासाथ  सहभागी भएका थिए ।

    शनिवार, श्रावण २६ २०८१०८:१६:२३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend