साउन २६, वालिङ ।
स्याङ्जा गल्याङकी दुबै मृगौला फेल भएकी जमुना थापालाई नगद रु. १५ लाख सहयोग हस्तान्तर गरिएको छ । दुबै मृगौला फेल भई पोखरामा उपचार गराई रहनु भएकी गल्याङ नगरपालिका वडा नम्वर ११ छापकी थापालाई नेपाल मगर संघ गल्याङ नगर समितिले एक कार्यक्रमका बीच नगद रु.१५ लाख शनिबार हस्तान्तरण गरेको हो ।
रकम हस्तान्त्रण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सांसद महेन्द्र थापा मगरले रहेक मानिसले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने बताउनुभयो । हामीले खानेकुरामा ध्यान दिन सकियो भने रोगबाट बच्च सकिने भएकाले रोग लाग्नु भन्दा पहिले नै संजक हुन आवश्यक रहेको उहाँले बताउनु भयो ।
उहाँले भन्नु भयो एउटा मगरलाई परेको पिडामा सबै मिलेर मलमपट्टी लगाउनु पर्ने बताउदै नेपाल मगर संघ गल्याङ नगरको पहलमा संकलन भएको रकमलाई सहि रुपमा सदुपयोग गर्न पनि आग्रह गर्नु भयो ।
थापाले एक अर्को प्रशङ्गमा इतिहासमा मगरजातिले आफ्नो भाषामा राखिएका ठाउँहरुको नाम हराउदै गएको र भाषा संस्कार संस्कृति संरक्षण गर्ने अधिकारी स्थानीय तहमा प्रदान गरेको बताउदै स्थानीय सरकारले त्यस तर्फ ध्यान दिन पनि आग्रह गर्नु भयो । उहाँले बिरामी जमुना थापा बचाउ अभियानमा लाग्ने सम्पूर्णलाई मनै देखि धन्यवाद दिदै विरामीको स्वास्थ्य लाभको कामना गर्नुभयो ।
गल्याङ नगरपालिकाभित्र र देश तथा विदेशमा रहनुहुने व्यक्ति तथा संघ संस्थासँग साउन २५ सम्म १५ लाख संकलन गरेको समितिले जनाएको छ । सहयोग आउने कार्य जारीरहेकाले रकम थप हुने समितिले गल्याङका अध्यक्ष कुमार राना मगरले जानकारी गराउनु भयो ।
बिरामी जमुना थापाका श्रीमान याम बहादुर सोमैले श्रीमतिको जीवन रक्षाका लागि समितिले महत्वपूर्ण भूमिका खेलेर उनको उपचारमा सहयोग गरेको प्रति धन्यवाद व्यक्त गर्नु भयो ।