Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

प्रचण्ड नेतृत्वको सरकारले मिलेमतोमा उद्योगीलाई १६ अर्ब रुपैयाँ छुट दियो ः लेखा समिति सभापति

प्रचण्ड नेतृत्वको सरकारले मिलेमतोमा उद्योगीलाई १६ अर्ब रुपैयाँ छुट दियो ः लेखा समिति सभापति

  • PNN Times
  • मंगलवार, श्रावण २९ २०८१


  • प्रचण्ड नेतृत्वको सरकारले मिलेमतोमा उद्योगीलाई १६ अर्ब रुपैयाँ छुट दियो ः लेखा समिति सभापति

    साउन–२९,काठमाडौ
    सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले नेपाल विद्युत् प्राधिकरण, तत्कालीन सरकार र व्यवसायीहरूको मिलेमतोमा उद्योगीलाई १६ अर्ब रुपैयाँ छुट दिइएको दाबी गर्नुभएको छ ।
    संसद्को विशेष समयमा बोल्दै पोखरेलले तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले व्यवसायीलाई विद्युतको १६ अर्ब महसुल छुट दिएको बताउनुभएको हो । आफूले प्रमाणका आधारमा महसूल उठाउने कोशिश गर्दा भ्रष्टाचारीको आरोप लगाएर बेइज्जत गर्ने काम भएको पोखरेलको गुनासो छ । आफूमाथि व्यवसायीसँग भेटेको आरोप लगाएर चरित्रहत्या गर्न खोजिएको उहाँले दुखेसो पोख्नुभएको छ ।
    टङ्क र डेडिकेटेड लाइनको विषयमा यसअघिकै संसद्को लेखा समितिले निर्णय गरे पनि अहिले फेरि किन यही विषय उठाएको भन्दै आलोचना भइरहेको सन्दर्भ जोड्दै उहाँले सांसदहरूकै आग्रहमा यो विषय छलफलमा लगिएको बताउनुभयो ।

    मंगलवार, श्रावण २९ २०८१०६:३५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend