Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

कर वृद्धि विरोधमा हेटौंडाका व्यवसाय बन्द

कर वृद्धि विरोधमा हेटौंडाका व्यवसाय बन्द

  • PNN Times
  • शुक्रवार, श्रावण ३२ २०८१


  • साउन ३२, हेटौंडा । कर वृद्धिको विरोधमा हेटौंडा उपमहानगरका व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

    मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धिविरूद्दको आन्दोलनलाई साथ दिँदै व्यवसायीहरूले शुक्रबार आफ्ना व्यवसाय बन्द गरेर उपमहानगर कार्यालयमा धर्ना दिएका हुन् ।

    images

    व्यवसायीहरूले व्यवसायिक सटरको साँचो उपमहानगरपालिकालाई बुझाउने तयारी गरेका छन् ।

    व्यवसायीहरूले प्रहरीले कार्यालय प्रवेशमा रोक लगाएको छ । कार्यालयको मूल गेटमा प्रहरीले छेकबार लगाउन खोजे पनि व्यवसायीहरू प्रहरीलाई धकलेर परिसरभित्र प्रवेश गरेका छन् । कार्यालय परिसरबाटै व्यवसायीहरूले नाराबाजी गरिरहेका छन् ।

    संघका उपाध्यक्ष उज्वल चाैलागाईंले व्यवसायीलाइ उत्तेजित बनाउन प्रहरी परिचालन गरिएको भन्दै जस्तोसुकै घेरा तोड्ने चेतावनी दिए । उनले बन्द सटरको साँचो बुझिलिन उपमहानगर नेतृत्वलाई आग्रह गरे ।

    मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघसहित जिल्लास्थित १६ वटा विषयगत व्यवसायिक संस्थाका व्यवसायी कर वृद्धिको विरोधमा आन्दोलनमा छन् । 

    शुक्रवार, श्रावण ३२ २०८११२:२९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend