Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बिहीबार थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि

  • PNN Times
  • बिहिवार, कार्तिक १३ २०७७


  •  कात्तिक १३, काठमाडौं । पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो ।
    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । तीमध्ये १ लाख २४ हजार ८३२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३०३८ जना निको भएका छन् ।
     
    कुन जिल्लामा कति ?
     
    संक्रमितमध्ये ६८ प्रतिशत काठमाडौं उपत्यकाका छन् । काठमाडौं जिल्लामा १३३८ जना, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना संक्रमित भेटिएका छन् ।
    त्यस्तै चितवनमा ९७ जना, कास्कीमा ७३ जना, सुनसरीमा ६० जना, रुपन्देहीमा ५७, मकवानपुरमा ४७ जना, झापामा ३८ जना, बाँके ३७, गोरखामा ३६ जना, मोरङमा ३२ जना, नवलपरासी पूर्व ३१ जना संक्रमित भेटिएका छन् ।
     
    कालीकोटमा २३ जना, तनहुँमा १७ जना, दोलखामा १६ जना, दाङमा १३ जना, नुवाकोटमा १२ जना, सिन्धुलीमा १० जना, सिन्धुपाल्चोक, धादिङमा ८ जना, धनुषा, नवलपरासी, बर्दिया र जुम्लामा ७/७ जनामा संक्रमण पुष्टि भएको छ ।
     
    त्यस्तै सिराहा, काभ्रे र स्याङ्जामा ६/६ जना, सप्तरी, पर्वत, म्याग्दी, गुल्मी र पाल्पामा ५/५ जना, रसुवा, अर्घाखाँची, कपिलवस्तु र कैलालीमा ४÷४ जना, इलाम, ओखलढुंगा, इलाम, रामेछाप, दैलेखमा ३/३ जना संक्रमित भेटिएका छन् ।
     
    सर्लाही, लमजुङ, जाजरकोट, डडेल्धुरा र बझाङमा २/२ जना र उदयपुर, खोटाङ, धनकुटा, भोजपुर, बारा, महोत्तरी, बागलुङ, प्युठान, रोल्पा, सुर्खेत, हुम्ला, अछाम र कञ्चनपुरमा १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
    #अनलाईन खबरबाट

    बिहिवार, कार्तिक १३ २०७७०७:२३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend