Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

कांग्रेस उपसभापति धनराज गुरुङ जोडिएको मितेरी सहकारीको ठगीमा सीआईबीले अनुसन्धान थाल्यो

कांग्रेस उपसभापति धनराज गुरुङ जोडिएको मितेरी सहकारीको ठगीमा सीआईबीले अनुसन्धान थाल्यो

  • PNN Times
  • आइतवार, भाद्र ३० २०८१


  • कांग्रेस उपसभापति धनराज गुरुङ जोडिएको मितेरी सहकारीको ठगीमा सीआईबीले अनुसन्धान थाल्यो

    भदौ–३०,काठमाडौ ।
    नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसमेत जोडिएको मितेरी सहकारीको ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान थालेको छ । ललितपुरको महालक्ष्मीस्थानमा केन्द्रीय कार्यालय रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान शुरु गरेको सीआईबीले जनाएको छ ।
    रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान शुरु गरेको सिआइबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । मुख्य रूपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएको उहाँको भनाइ छ ।
    मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला धनराज गुरुङकी श्रीमती ज्योति गुरुङले १२ करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउन महिनामा उजुरी दर्ता गर्नुभएको छ ।
    धनराज गुरुङले भने श्रीमतीसँग आफ्नो सम्बन्धविच्छेद भइसकेको दाबी गर्नुभएको छ । तर सहकारीका अध्यक्ष कुम्भराज गुरुङले भने एक महिना अघिसम्म पनि ज्योती गुरुङको नाममा धनराजले नै पैसा तिरिरहेको भन्दै कसरी सम्बन्ध विच्छेद भयो भनेर प्रश्न उठाउनुभएको छ । 

    आइतवार, भाद्र ३० २०८१०६:३३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend