Logo

शनिवार, कार्तिक १ गते २०८३

images

महिला लिग ः भायोलाको ह्याट्रिकमा वालिङको तेस्रो जीत

महिला लिग ः भायोलाको ह्याट्रिकमा वालिङको तेस्रो जीत

  • PNN Times
  • सोमवार, भाद्र ३१ २०८१


  • महिला लिग ः भायोलाको ह्याट्रिकमा वालिङको तेस्रो जीत

    भदौ ३१, काठमाडौं। ।
    महिला लिगअन्तर्गत भायोला नामुद्धुको ह्याट्रिकमा वालिङ नगरपालिकाले सुदुरपश्चिम प्रदेशमाथि ५–१ को जीत हात पारेको छ ।
    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा युगान्डाकी फर्वाड नामुद्धुले खेलको पहिलो हाफमा नै आफ्नो ह्याट्रिक पूरा गरेकी हुन् । उनले खेलको १८औं, ४२ औं र ४५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।
    पहिलो हाफको ४० मिनेटसम्म १ गोलमात्रै खाएको सुदुरले २ मिनेटमा ३ गोल खायो । पहिलो हाफमा४ मिनेट थप गर्दा अतिरिक्त समयको दोस्रो मिनेटमा नै पुन गोल खाँदै पहिलो हाफमा वालिङले४–० को अग्रता बनाएको थियो ।
    दोस्रो हाफमा भने वालिङका लागि सुस्मा तामाङले खेलको ५० औं मिनेटमा गोल गर्दै वालिङलाई ५–० को अग्रतामा पु¥याइन् ।
    जवाफमा सुदुरपश्चिमकी रितिका कार्कीले खेलको ६२ औं मिनेटमा वालिङको. पोष्टमा किपरलाई वान वाई वानमा विट गर्दै गोल गरिन् ।
    वालिङले ५ खेलमा ३ जीतर २ हार बेहोरेको छ । भने सुदुरले १ खेल पनि जित्न सकेको छैन ।

    सोमवार, भाद्र ३१ २०८१०५:४०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend