Logo

आइतवार, कार्तिक २ गते २०८३

images

उत्तरवाहिनी गुरुकुलममा पत्रकारलगाएत सहयोगीहरुलाई सम्मान

उत्तरवाहिनी गुरुकुलममा पत्रकारलगाएत सहयोगीहरुलाई सम्मान

  • गोपाल जिटी
  • शनिवार, मंसिर १ २०८१


  • उत्तरवाहिनी गुरुकुलममा पत्रकारलगाएत सहयोगीहरुलाई सम्मान

    मङ्सिर १, वालिङ ।
    स्याङ्जाको गल्याङ् १ स्थित उत्तरवाहिनी गुरुकुलममा पत्रकारलगाएत सहयोगीहरुलाई सम्मान गरिएको छ । 
    कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले विद्यादान, अन्नदान र जीवनदानका लागि गुरुकुलममा अक्षयकोष स्थापनार्थ यही कार्तिक ९ गतेदेखि ३० गतेसम्म मातापिता पूजन एवम् दामोदर महोत्सवको आयोजना गरिएको थियो । 
    २१ दिने महोत्सव सम्पन्न गर्नका लागि सहयोगी भूमिका निभाएका गण्डकी समाचार अनलाइनका हिमलाल पराजुली, आँधिखोला एफ एमका कला राना, वालिङ टेलिभीजनका गोपाल जिटी लगाएत पत्रकारहरुलाई सम्मान गरिएको हो । यसैगरी विभिन्न सहयोगीहरुलाई गुरुकुलममा सम्मान गरिएको थियो । । योसँगै महोत्सवको आय व्यय छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
    आज शनिबार उत्तरबाहिनी प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा महोत्सव सफल पार्नका लागि सहयोग गर्नुहुँने सञ्चारकर्मीका साथै विभिन्न व्यक्ति, संघ संस्था, सुरक्षा निकायलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुँनेलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।20241116_123214.jpg

    कार्यक्रममा पूर्व सांसद शंकरप्रसाद पाण्डेले नेपालमा केहि हुन्न भन्ने भ्रम फैलिएको भन्दै यो भ्रमलाई चिर्दै प्रतिष्ठानले स्वास्थ्य, शिक्षा र रोजागरीको ग्यारेन्टी सहित गुरुकुल सञ्चालन गरिरहेको बताउनुभयो ।
    पाल्पा र स्याङ्जाको संगमस्थलमा रहेका गुरुकुलममा विद्यार्थीहरुले संस्कारसंगै आधुनिक प्रणालीको निःशुल्क रुपमा शिक्षा लिईरहेको पूर्व सांसद पाण्डेले बताउनुभयो । मुलुकमा अछुत भन्ने मात्र भ्रष्टाचारी रहेको भन्दै भ्रष्टाचारीसंँग छोईन पनि नहुँने र भ्रष्टाचारीलाई अछुत भन्नुपर्ने बताउनुभयो । सार्वजनिक पदमा बसेर भ्रष्टाचार गर्नेलाई अछुतो व्यवहार गर्नुपर्ने भन्दै अन्य सबै सर्वसाधारण जीवन धारण गरेका मान्छे सबै एक भएको उहाँको भनाई थियो । अन्याय गर्नेलाई सँजायँ र न्याय गर्नेलाई प्रोत्साहन गर्ने परिपाटीकासाथ अगाडि बढेमा देश विकास गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।uuu.jpg
    कार्यक्रममा चर्चित भजन सर्जक, गायक तथा साहित्यकार हिरालाल कँडेलले आफ्नो पारिश्रमिक बापतको रकम समेत गुरुकुललाई प्रदान गर्नुभएको छ । आँफूले ५ दिनसम्म महोत्सवमा बसेर भजन गायकीबाट प्राप्त गरेको रकम प्रदान गर्दै प्रतिष्ठानको आजीवन सदस्यता प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण महाराजबाट ग्रहण गर्नुभयो । अध्यक्ष चैतन्य कृष्ण महाराजले शालग्राम जननी उत्तरतर्फ बहेको गण्डकी नदीमा देव तथा पितृकार्यका लागि टाढा टाढाबाट भक्तजनहरु आउने गरेको भन्दै यहाँको धार्मिक तथा ऐतिहासिक महत्व रहेको बताउनुभयो ।
    पछिल्लो समय मातापिता सेवा भाव हराउन थालेको र मातापिताप्रतिको सेवाभाव जागृत गराउन पनि यो महोत्सवले टेवा पुगेको भन्दै महोत्सव सफल पार्न सहयोग गर्नुहुँने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । Uu.jpg

    images

    शनिवार, मंसिर १ २०८१०६:०६:०८

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend