Logo

आइतवार, कार्तिक २ गते २०८३

images

उपकार सहकारीको मिर्मि सेवाकेन्द्रको साधारणसभा सम्पन्न

उपकार सहकारीको मिर्मि सेवाकेन्द्रको साधारणसभा सम्पन्न

  • गोपाल जिटी
  • बुधवार, मंसिर ५ २०८१


  • उपकार सहकारीको मिर्मि सेवाकेन्द्रको साधारणसभा सम्पन्न

    मङ्सिर ५, वालिङ
    स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्थाले मिर्मी सेवाकेन्द्रको साधारणसभा सम्पन्न गरेको छ । २०५० सालमा स्थापना भएको सहकारीले सोमबार चापाकोटको दामाचौर सेवाकेन्द्रबाट सुरु गरेको आफ्नो ३२ औं वार्षिक साधारणसभा अन्तर्गत आज कालीगण्डकीको मिर्मि सेवाकेन्द्रको इकाई वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न गरेको हो ।
    कार्यक्रममा सम्वोधन गर्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले सहकारी संस्थाहरुले शेयर सदस्यहरुलाई सचेत गराउन आवश्यक रहेकोे बताउनुभयो । संस्थाका सञ्चालकहरुले शेयर सदस्यहरुलाई सहकारीका बारेमा स्पष्ट पार्ने र शेयर सदस्यहरुले पनि बुझ्न आवश्यक रहेको उहाँको भनाई थियो । पछिल्लो समय सहकारी संस्थाका नराम्रा समाचारहरु आइरहेको उल्लेख गर्दै उहाँले सबैजना सचेत हुनुपर्नेमा जोड दिनुभयो । 
    उपकार सहकारीले सहकारीको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै र संस्थागत सुशासनसहित अगाडि बढेकाले गण्डकी प्रदेशमै सफल सहकारीको पहिचान बनाएको छ, त्यसैले यो सहकारी राम्रो मध्यमा पर्दछ । संस्थाले उन्नति गरेको देखियो भने आँफै प्रचार हुने उहाँले उल्लेख गर्नुभयो । सहकारी संस्थाले गरेको लगानी उठाउन ध्यान दिन अध्यक्ष थापाको आग्रह छ ।

    उपकार साकोसले वालिङ नगरपालिका ८ र १३ को बायँटारी, चापाकोटको दामाचौर तथा कालीगण्डकी गाउँपालिकाको मिर्मी गरी ४ स्थानमा सेवाकेन्द्र सञ्चालन गरेर वित्तीय सेवा दिदै आएको छ । यसैगरी वालिङकै ७ नम्वर वडाको केवँरेमा सदस्य सम्पर्क कार्यालय सञ्चालनमा रहेको छ ।
    संस्थाको कार्यक्रम अनुसार बुधबार वालिङ नगरपालिका ७, केवँरेस्थित सदस्य सम्पर्क कार्यालयमा साधारणसभा गरेको थियो । यसैगरी भोलि विहिबार बायँटारी सेवाकेन्द्रमा र पर्सी शुक्रबार वालिङ सेवाकेन्द्र वालिङमा इकाई वार्षिक साधारणसभा गरिने संस्थाका अध्यक्ष यमकान्त खनालले जानकारी गराउभयो । साधारसभाको अवसरमा संस्थामा नियमित बाल बचतकर्ताहरुलाई पुरस्कार वितरण गरिएको थियो । उपकार सहकारीमा ८ हजार १ सय ८५ जना शेयर सदस्य रहेका छन् ।Ya.jpgFuu.jpgGoo.jpg20241120_160828.jpg

    बुधवार, मंसिर ५ २०८१०५:२५:०५

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend