Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतको पैयूँमा ९ फिट गहिरो खाडलमा दुर्लभ भू-तपस्या सुरु (भिडीयो सहित)

पर्वतको पैयूँमा ९ फिट गहिरो खाडलमा दुर्लभ भू-तपस्या सुरु (भिडीयो सहित)

  • PNN Times
  • आइतवार, मंसिर १६ २०८१


  • पर्वतको पैयूँमा ९ फिट गहिरो खाडलमा दुर्लभ भू-तपस्या सुरु (भिडीयो सहित)

    पर्वत, मंसिर १६।  पर्वत जिल्लाको पैयूँ गाउँपालिका-४, हातेमालो चोकमा ९ फिट गहिरो, ९–९ फिट लम्बाइ र चौडाइको खाडलमा विशेष भू-तपस्या सुरु भएको छ। योगिनी सरिता माताको नेतृत्वमा यो दुर्लभ साधना ७ दिनसम्म निराहार रहँदै मंसिर २२ गते सम्पन्न हुने जनाइएको छ।

    यो अद्वितीय भू-तपस्या ध्यान, प्रार्थना, र कठोर साधनाको माध्यमबाट मानसिक शान्ति, आत्मशुद्धि, र समाजसेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित गरिएको हो। खाडलभित्र बसेर योगिनी सरिता माताले संसारिक मोह-माया त्याग्दै आत्मज्ञान प्राप्त गर्ने यो साधना प्रारम्भ गर्नु भएको छ।

     
    भू-तपस्यासँगै महायज्ञ पनि सञ्चालन गरिएको छ, जसमा भजनकीर्तन, र धार्मिक प्रवचनहरू समावेश गरिएको छ। यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन र सबैमा आध्यात्मिक चेतना फैलाउन मद्दत पुर्‍याउनेछ।

    स्थानीय तथा बाहिरी क्षेत्रका भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको यस महायज्ञको समापन मंसिर २२ गते विशेष पूजापाठ र प्रसाद वितरणसँग हुनेछ।

    आयोजक समितिले यो ऐतिहासिक कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन सबैलाई अनुरोध गरेको छ।

    आइतवार, मंसिर १६ २०८१०७:५९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend