Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँ–६ को नवनिर्मित भवन उद्घाटन पर्यटन मन्त्री बस्यालले गर्ने

पैयूँ–६ को नवनिर्मित भवन उद्घाटन पर्यटन मन्त्री बस्यालले गर्ने

  • PNN Times
  • मंगलवार, मंसिर १८ २०८१


  • पैयूँ–६ को नवनिर्मित भवन उद्घाटन पर्यटन मन्त्री बस्यालले गर्ने

    पर्वत, मंसिर १८ । पैयूँ गाउँ पालिका वडा नम्बर ६ को नव निर्मित भवन उद्घाटन हुने भएको छ। पर्वत जिल्लाको पैयूँ गाउँपालिका वडा नम्बर ६ मा निर्माण सम्पन्न भएको नवनिर्मित भवनको उद्घाटन गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्यालले मंसिर २१ गते शुक्रबार गर्नुहुने भएको छ।

    विशेष समारोहका साथ सम्पन्न हुने उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, र स्थानिय बासिन्दाको उपस्थिति रहने अपेक्षा गरिएको छ। 

    वडा अध्यक्ष गंगाधर अधिकारीका अनुसार, नागरिकलाई सहज, प्रभावकारी र व्यवस्थित सेवा प्रदान गर्ने उद्देश्यले भवन निर्माण गरिएको हो। स्थानीय स्रोतसाधन र संघीय सरकारको सहकार्यमा सम्पन्न यो भवन वडाको प्रशासनिक कार्यलाई थप व्यवस्थित बनाउने विश्वास लिइएको छ।

    उद्घाटन समारोहलाई भव्य र व्यवस्थित बनाउन तयारी अन्तिम चरणमा पुगेको छ। नयाँ भवन सञ्चालनमा आएपछि सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्न मद्दत पुग्ने बताइएको छ। यो भवन वडाको समग्र विकास र सेवा प्रवाहमा एउटा नमूना कामका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

    images

    मंगलवार, मंसिर १८ २०८१०६:३९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend