Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेकपा एमाले पैयूँ गाउँपालिका कमिटीको दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा

नेकपा एमाले पैयूँ गाउँपालिका कमिटीको दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा

  • PNN Times
  • बिहिवार, पौष ४ २०८१


  • नेकपा एमाले पैयूँ गाउँपालिका कमिटीको दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा

    पौष ४, पर्वत। नेपाल कम्युनिष्ट पार्टी (एमाले) पैयूँ गाउँपालिका कमिटीको दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। यही पौष ६ र ७ गते हुने अधिवेशनका लागि अहिले व्यापक तयारी भइरहेको छ।

    अधिवेशनलाई भव्य र व्यवस्थित बनाउनका लागि प्रचार-प्रसार समितिले हातोमालो चोक बजार क्षेत्रभित्र ब्यानर टाँस्दै प्रचार-प्रसारलाई तीव्र बनाएको छ। प्रचार-प्रसार समितिका संयोजक घनश्याम भुर्तेलका अनुसार अधिवेशनका सबै तयारीहरू पूरा हुँदै गएका छन्।

    images

    अधिवेशनको पहिलो दिन उद्घाटन सत्र सम्पन्न हुनेछ भने त्यसपछिको बन्द सत्रमा नेतृत्व चयन प्रक्रियामा छलफल हुनेछ। पार्टीले यस पटक नेतृत्व चयनका लागि सर्वसहमतिको प्रक्रिया अपनाउने तयारी गरेको छ।

    सर्वसहमतिको पर्खाइमा कार्यकर्ता...

    पार्टीका आम कार्यकर्ताहरू नयाँ नेतृत्व सर्वसहमतिको आधारमा छानिने आशामा छन्। अध्यक्ष पदका लागि कार्यबाहक अध्यक्ष विष्णु प्रसाद काफ्ले र सचिव जिबलाल बस्यालकाे दाबी रहेको छ। नेतृत्व चयनका लागि दुबै नेताहरूले आआफ्नो भूमिकालाई अघि बढाइरहेका छन्।

    अधिवेशनलाई सफल बनाउन विभिन्न उपसमितिहरू परिचालन गरिएको छ। कार्यक्रम व्यवस्थापन, प्रचार-प्रसार, र आवास व्यवस्थापनजस्ता कामहरू पनि अन्तिम चरणमा पुगेका छन्।

    पार्टीको यस अधिवेशनले पैयूँ गाउँपालिकाभित्र संगठनलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ।

    बिहिवार, पौष ४ २०८१०९:१७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend